जनादेश, काठमाण्डौ ।
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफूले मात्रशेरबहादुर देउवालाई आसन्न १४ औं महाधिवेशनमा पराजित गर्न सक्ने दाबी गरेका छन् । आफू सभापतिको उम्मेदवार भए मात्रै देउवा पराजित हुने उनको भनाइ छ ।
१४ औं महाधिवेशनमा देउवालाई पराजित गर्ने ग्यारेण्टीका साथ आफ्नो दाबी सभापतिमा रहेको उनले बताएकाछन् ।
आज न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सभापतिमा देउवालाई पराजित गर्न नसक्ने कुुरा बताएकाहुन् ।