पोग्बालाई कोरोना संक्रमण – Janadesh Daily | ePaper

पोग्बालाई कोरोना संक्रमण


एजेन्सी ।

फ्रान्सेली राष्ट्रिय फुटबल टोली तथा म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पल पोग्बालाई कोरोना संक्रमण भएको छ । यससँगै पोग्बाले अर्को साता हुने फ्रान्सको यूईएफए नेसन्स लिगको खेल गुमाउने भएका छन् ।

फ्रान्सका प्रशिक्षक डीडीएर डेस्चाम्प्सले यूईएफए नेसन्स लिगको खेलका लागि टोली सार्वजनिक गर्ने क्रममा पोग्बालाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । पोग्बासँगै अर्का मिडफिल्डर टान्गी एनडोम्बेले पनि कोरोना संक्रमणका कारण टोलीमा पर्न सकेका छैनन् । पोग्बाको स्थानमा युवा मिडफिल्डर एडुआर्डो कामा भिंगा टोलीमा समेटिएका छन् ।

‘ मैले अन्तिम मिनेटमा टोलीमा परिवर्तन गर्नुपर्यो । पोग्बालाई टोलीमा समेटिएको थियो तर उनले हिजो गरेको परिक्षणमा नतिजा पोजेटिभ आएको छ । अब उनको स्थानमा कामाभिंगा टोलीमा समेटिनेछन्,’ उनले भने ।

पोग्बालाई कुनै लक्ष देखिएको छैन । उनी अब १४ दिने आइसोलेसनमा रहनेछन् । पोग्बाले प्रिमियर लिगको सुरुवाती खेलका लागि भने उपलब्ध हुनेछन् । म्यानचेस्टर युनाइटेडले सेप्टेम्बर १९ मा क्रिस्टल प्यालेसविरुद्ध खेल्दै सिजन सुरु गर्नेछ । अन्य टोलीको भन्दा युनाइटेडले एक साता बढी विश्राम पाएको छ ।

फ्रान्सले नेसन्स लिगको खेलका लागि लियोनका हौसेम औआरलाई पनि पहिलो पटक टोलीमा बोलाएको छ । उनले सम्भवत पोग्बाको स्थानमा खेल्नेछन् । यस्तै युवा डिफेन्डर डायोट उपामेकानो पनि टोलीमा परेका छन् ।

फ्रान्सले नेसन्स लिग अन्तर्गत खेलमा स्विडेनसँग सेप्टेम्बर ५ तथा क्रोएसियासँग सेप्टेम्बर ८ मा खेल्दैछ । सन् २०१८ को विश्वकप फाइनलमा फ्रान्सले क्रोएसियालाई पराजित गर्दै उपाधि जितेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्