वाणिज्य बैंकमा अध्यक्ष चयनको निर्णय भएन – Janadesh Daily | ePaper

वाणिज्य बैंकमा अध्यक्ष चयनको निर्णय भएन


जनादेश, काठमाण्डौ ।

राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति बैठकले बिहीबार अध्यक्ष चयनसम्बन्धी निर्णय गर्न सकेन ।

उपेन्द्र कोइरालालाई अध्यक्ष चयनका लागि बैठक बसे पनि त्यससम्बन्धी निर्णय नै नभएको स्रोतले बताएको छ ।

अर्थ मन्त्रालयले सञ्चालकमा नियुक्त गरेका कोइराला बैठकमा उपस्थित नभएकाले सो सम्बन्धमा छलफल नै नभएको स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार आफ्नो नियुक्ति विषयमा चर्को विरोध भएपछि कोइराला बैठकमा उपस्थित नभएका हुन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्