‘नेपाल आइडल सिजन ३’ मा सज्जा चौलागाईं विजेता बनिन् – Janadesh Daily | ePaper

‘नेपाल आइडल सिजन ३’ मा सज्जा चौलागाईं विजेता बनिन्


जनादेश, काठमाण्डौ ।

मोरङकी सज्जा चौलागाईं ‘नेपाल आइडल सिजन ३’ की विजेता बनेकी छन् । त्यस्तै प्रवीण बेडवाल फस्ट रनरअप भए भने किरण भुजेल दोस्रो बने ।

नेपाल आइडल निर्माण टोलीका एक सदस्यलाई कोरोना पोजिटिभ देखिएसँगै सबैजना आइसोलेसनमा जानु परेका कारण अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले विजेता घोषणा गरेका हुन् ।

आइडल बनेकी सज्जाले ५० लाख रुपैयाँ पुरस्कार हात पारेकी छिन् । त्यस्तै प्रवीणले १० र किरणले नगद ५ लाख पुरस्कार पाए ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्