किन बच्चा छिटो बनाउँन चाँहादिनन् प्रियंका ? – Janadesh Daily | ePaper

किन बच्चा छिटो बनाउँन चाँहादिनन् प्रियंका ?


काठमाण्डौ ।

गत वर्षको फागुन दोस्रो साता अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले तीन वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरे । काठमाडौंको भैंसेपाटीमा नयाँ घर किनेपछि बैबाहिक जीवनमा बाँधिएका उनीहरु हनिमुन मनाउन निस्कने तयारी गरिरहँदा कोरोनाका कारण देश लकडाउन भयो । यसपछि उनीहरु घरभित्रै बसेर एकअर्कासँग समय विताइरहेका छन् ।

बिहीवार प्रियंका र आयुष्मानले यूट्युबमार्फत् आफ्ना प्रशंसकले सोधेका केही प्रश्नको जवाफ दिएका छन् । प्रियंकालाई एक दर्शकले सोधेका छन्, ‘लकडाउनमा आमा बन्नेबारे सोच्नुभएको छैन ?’ यसको जवाफमा उनले भनेकी छन्, ‘अहिले नै बच्चाको बारेमा सोचेका छैनौं । जब सोच बनाउँछौं तब अवश्य भन्नेछौं ।’ उनको जवाफमा आयुष्मानले पनि सहमतिको टाउको हल्लाए ।

एक अन्तर्वार्ताको क्रममा पहिलो पटक भेट भएको बताउने प्रियंका र आयुष्मान फिल्म ‘कथा काठमाण्डू’ मा काम गर्ने समयमा एकअर्काको प्रेममा डुबेका थिए । यसपछि उनीहरुले फिल्म ‘चंगा चेट’ र ‘प्रेम दिवस’ मा पनि काम गरे । पछिल्लो समय उनीहरुले आफूलाई अफर हुने फिल्ममा एकअर्कालाई सिफारिस गर्ने गरेको चर्चा छ । यद्यपि, यो कुरा दुवैले नकार्दै आएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्