चीनमा गरिवी निवारणको चमत्कारः यसरी धनी बन्दैछन् विपन्न गाउँहरु (तस्विर सहित) – Janadesh Daily | ePaper

चीनमा गरिवी निवारणको चमत्कारः यसरी धनी बन्दैछन् विपन्न गाउँहरु (तस्विर सहित)


जनादेश ।
चीनको फु चेन प्रान्तको निङ त शहर नजिकै पर्ने फिङ नान जिल्लाको लुङ थान गाउँ पहिले एउटा गरिब गाउँ थियो। स्थानीय वासिन्दाहरू रोजगारीका लागि बाहिर जाने गर्दथे।

हालैका वर्षहरूमा सांस्कृतिक सिर्जनात्मक व्यवसायको विकास गरी यो गाउँका पुराना बस्तीको रुप फेरिएको छ । प्राचीन सहरको झल्को दिनेगरी यो गाउँमा फोटो स्टुडियो र चिया घर छन् । यो पुरानो गाउँ जीवन्त बनेको छ।

“हाम्रो गाउँ निकै राम्रो छ। हामी अङ्ग्रेजी भाषाबाट पनि कुराकानी गर्छौं। यो एक वर्षभरि प्रायजसो म यतै छु। म हाङ चौ फर्केको छैन र मेरो विचारमा यहाँको जीवन शहरभन्दा आनन्दमय छ।”, ‘स्याउ मै च्वाङ’ नामक फोटो स्टुडियोकी मालिक्नी बनेकी युवती सुनाउँछिन् । सन् २०१८ मा उनी वकिलको काम छोडेर लुङ थान गाउँ आएकी थिइन् । उनले लुङ थान गाउँमा फोटो स्टुडियो खोलेकी छिन्।

दुई वर्षयता उनको स्टुडियोको कारोबार राम्रो छ । हरियो पहाड, स्वच्छ पानी, पुरानो आवास, स्टुडियो, क्याफे, चिया घर आजको लुङ थान गाउँमा देख्न सकिन्छ ।

कसरी फेरिएको लुङ थान
तीन वर्षअघि लुङ थान गाउँ यस्तो थिएन। त्यस अवधिमा जमीन थोरै थियो र आर्थिक विकासबाट पिछडिएको थियो। गाउँका युवायुवती रोजगारी खोज्दै बाहिर गएका थिए । लुङ थान गाउँकी वासिन्दा छन स्याउ लान त्यस अवधिमा गाउँ खाली भएको साथै आफ्नो मन पनि खाली भएको सम्झना सुनाउँछिन् ।

सन् २०१७ देखि लुङ थान गाउँले विकासको नयाँ बाटोको अन्वेषण गर्न थालेको हो। गाउँले “पन्ध्र वर्षसम्म भाडामा लिने” परियोजना प्रस्तुत गरेको छ। गाउँ समितिले वासिन्दाको पुरानो आवास भाडा लिएर बाहिरबाट आएका “नयाँ वासिन्दा”लाई भाडामा दिइएको छ।

बाहिरबाट आएका नयाँ वासिन्दाले पुरानो आवासको मर्मत गरेका छन्। नयाँ वासिन्दा चीनको विभिन्न क्षेत्रबाट आएका हुन्। उनीहरूले लुङ थान गाउँको प्राकृतिक वातावरण मन पराएका छन्। उनीहरूले पुरानो आवासलाई होमस्टे, क्याफे, पुस्तक घर, भट्टीको रुपमा सजावट र निर्माण गरेका छन्। लुङ थान गाउँका नयाँ वासिन्दा एवंम थान स्याङ नामक भट्टीकी मालिक चङ वान चन भन्छिन्, “हामीले लुङ थान गाउँ छान्नुको कारण केही मूल्यको सिर्जना गर्नु हो। हामीले गाउँको संस्कृति र कलाको प्रचार-प्रसार गर्ने आशा लिएका छौं।”

स्थानीय वासिन्दाले गाउँको परिवर्तन देखेपछि स्थानीय सरकारको सहयोगमा विभिन्न सिप सिक्न थालेका छन् । वासिन्दा छन स्याउ चन भन्छन्, “गुरुले हाम्रो गाउँका तीस जनालाई आयल पेन्टिङ अर्थात् तेलचित्र कोर्ने तालिम दिनुभएको छ। तेल चित्र मात्र नभई हाम्रो गाउँका वासिन्दाले पहिले कहिँले पनि कलमद्वारा लेखेका थिएनन्।”

तीस जना वासिन्दाले तेल चित्र कोर्न जानेका छन् र भिडियो चौतारोमा ध्यान दिइएका छन्। अरु वासिन्दाहरूले पनि तेल चित्र खोर्न सिक्न चाहेका छन् । अहिले लुङ थान गाउँमा धेरैजनाले चित्र कोर्न जानेका छन्।

हरेक गाउँ पर्यटकीय हव बन्दै
गत वर्षमा लुङ थान गाउँले दुई लाख पर्यटक भित्र्याएको थियो। जन्मथलोको ठूलो परिवर्तनबारे चर्चा गर्दा वासिन्दा छन स्याउ चन भन्छन्, “पहिले पहिले राती हाम्रो गाउँमा ग्रामीण क्षेत्रको भ्यागुता र झ्याउँकिरीको आवाज मात्र सुनिन्थियो। हाल हाम्रो गाउँमा सङ्गीत र हाँसोको आवाज सुनिन्छ। हाम्रो गाउँमा ठूलो परिवर्तन भएको छ।”

यो गाउँ चिनियाँ राष्ट्रपतिको गरिवी निवारण कार्यक्रमको कार्यन्वयन कसरी गरिँदै छ भन्ने उत्कृष्ट नमूना हो । चीनले सन् २ हजार २० मा देशका सबै गरिवीको रेखा मुनिको जनसंख्यालाई गरिवीको रेखाबाट मुक्त गर्ने लक्ष्य लिएको छ । चीनका हरेक जसो सहर र गाउँमा नयाँ नयाँ उद्यमशीलताका उत्कृष्ट नमूना प्रदर्शन भैरहेका छन् ।

चाइना इन्टरनेशनल मिडिया ग्रुपको सामग्री सम्पादनसहित

 

यो पनि पढ्नुस्- 

चीनले कसरी जित्यो कोरोनाः चिनियाँ राष्ट्रपतिको जवाफ (भिडियोसहित)

कोरोना प्रतिरोध सम्मान समारोहमा चीनका राष्ट्रपतिले के भने (सम्बोधनको पूर्णपाठ) 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्