राष्ट्रसंघ महासभाः अमेरिकालाई चीनले दियो मुखभरीको जवाफ – Janadesh Daily | ePaper

राष्ट्रसंघ महासभाः अमेरिकालाई चीनले दियो मुखभरीको जवाफ


एजेन्सी ।

संयुक्त राष्ट्रसंघीय महासभामा आफूलाई अनावश्यक हिलो छ्यापेको भन्दै चीनले अमेरिकासँग आक्रोश व्यक्त गरेको छ ।

७५औँ राष्ट्रसंघीय महासभामा अमेरिकी टोलीले कोरोना महामारीको वास्तविकतालाई दुत्कार्दै चीनमाथि निराधार प्रहार गरेको चीनको ठहर छ ।

कोरोना भाइरस पूरै मानवजातिको साझा शत्रु र प्रकृतिमा अर्को अज्ञात भाइरस भएपनि अमेरिकाले यसमाथि राजनीति गरेको चीनको आरोप छ ।

चीनले सुरुमै महामारीको जानकारी दिनुका साथै भाइरसको प्याथोजेनको निश्चित गरेर जीन अनुक्रमका बारेमा प्रारम्भिक कालमै जानकारी दिएको स्पष्ट पार्दै सबैभन्दा उन्नत र विकसित मुलुकको हैसियतमा अमेरिका महामारीमा सबैभन्दा गम्भीर बनेपछि चीनलाई दोष लगाउनु जिम्मेवारीबाट पन्छिने तरिका मात्र भएको चीनको भनाई छ ।

जलवायु परिवर्तनका प्रतिवद्धतामा पनि प्रश्न
जलवायु परिवर्तन तथा वातावरण संरक्षणमा चीनले अनेकन नीति तथा कदम चालेर निर्धारित योजनाभन्दा २ वर्षअघि सन् २०२० मै जलवायु गतिविधिको लक्ष्य पूरा गरेको बताउँदै चीनले अमेरिकाले क्योटो प्रोटोकोल र बासेल कन्भेन्सनलाई अस्वीकार गरेर मानव जातिलाई धोका दिएको बताएको छ । अमेरिकाले जलवायु परिवर्तनमा अरू देशको आलोचना गर्न नसुहाउने चीनको भनाई छ ।

यो पनि हेर्नुस्- 

साउथ चाइना सीमामा अमेरिकी रबैयाः नियमवपरित कोड बदलेर जासुसी विमान

चीनले कसरी जित्यो कोरोनाः चिनियाँ राष्ट्रपतिको जवाफ (भिडियोसहित)

चीनका पहाडमा यसरी हुँदै रेल र रोडको विकास (फोटो फिचर) 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्