चीनका पहाडमा यसरी हुँदै रेल र रोडको विकास (फोटो फिचर) – Janadesh Daily | ePaper

चीनका पहाडमा यसरी हुँदै रेल र रोडको विकास (फोटो फिचर)


जनादेश विकास विशेष ।

छिमेकी मुलुक चीनले वितेको चार दशकमा भौतिक पूर्वाधार र रेल तथा रोड संरचना विकासमा अपत्यारिलो फड्को मारेको छ । हालै चीनको राष्ट्रिय समाचार एजेन्सी सिन्हुवाले दक्षिणी चीनमा पर्ने क्वाङ्सी चुआङ अटोनोमस रिजनको लुओछङ मुलाओस्थित टोङमन टाउनसिपको भौतिक पूर्वाधार विकास झल्किने आकाशबाट लिइएका एरियल तस्विरसहितको फिचर प्रकाशित गरेको छ ।

नेपाल जस्तै पहाडी भूभाग रहेको उक्त क्षेत्रमा यातायात तथा भौतिक पूर्वाधारका क्षेत्रमा तीव्र गतिमा काम भैरहेको छ ।

 

यहाँको स्थानीय सरकारले भौतिक पूर्वाधार एवं यातायातका पूर्वाधारमा लगानी बढाएपछि गरिवी निवारणमा महत्वपूर्ण परिणाम देखिएको उक्त समाचारमा उल्लेख छ ।

चीनले हाइस्पिड रेल विस्तारमा त चमत्कार नै गरेको छ । चीनमा सन् २ हजार १८ को अन्त्यसम्म १ लाख ३१ हजार किलोमिटरको रेलमार्ग बनिसकेको छ ।

चीनमा हाल २५ हजार किलोमिटर भन्दा बढी दुरीको हाइस्पिड रेल लाइन छ जुन संसारमा रहेको कुल हाइस्पिड रेल मार्गको दुईतिहाई भन्दा पनि बढी हो ।

 

 

चाइना रेलवे कर्पका अनुसार चीनमा हरेक दिन ४ हजार हाइस्पिड रेलले ४० लाख भन्दा बढी यात्रु ओसार्ने गर्छन् । वर्षमा १ अर्ब ७ करोड हाराहारी चिनियाँले रेलसेवा प्रयोग गर्ने गरेको तथ्याङ्क छ । सन् २ हजार २० भित्र चीनमा ३० हजार किलोमिटरको हाइस्पिड रेल सञ्जाल बनिसक्ने छ जसले देशका ८० प्रतिशत मुख्य शहरसम्म तीव्र गतिको स्थलयात्रा सहज हुने छ ।

सन् २०१० मा दोस्रो अर्थतन्त्रमा दरिएको चीनले पूर्वाधार निर्माणको क्षेत्रमा संसारलाई जादु नै देखाएको छ । विश्वभरमा प्रयोग हुने स्टिल र सिमेन्टको कुल हिस्सामध्ये आधा चीनमा मात्र प्रयोग हुन्छ ।

अधिकाँश चिनियाँहरु अहिले हवाइ सेवाको सहज विकल्पकोरुपमा तुलनात्मकरुपमा सस्तो खर्चमा रेल चढेर उत्तिकै समयमा गन्तब्यमा पुग्न सक्छन् ।
चीनमा संसारमै सबैभन्दा व्यवस्थित रेलको टिकट विक्री गर्ने प्रणाली भएको बताइन्छ ।

यो पनि हेर्नुस् – 

चीनमा गरिवी निवारणको चमत्कारः यसरी धनी बन्दैछन् विपन्न गाउँहरु (तस्विर सहित)

चीनले कसरी जित्यो कोरोनाः चिनियाँ राष्ट्रपतिको जवाफ (भिडियोसहित)

तिब्बतमा यसरी हुँदैछ ग्रामीण कृषि पर्यटनको नमूना विकास 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्