तिब्बतमा यसरी हुँदैछ ग्रामीण कृषि पर्यटनको नमूना विकास – Janadesh Daily | ePaper

तिब्बतमा यसरी हुँदैछ ग्रामीण कृषि पर्यटनको नमूना विकास


जनादेश ।
तिब्बत चीनका सर्वाधिक आर्थिक वृद्धिदर भएका प्रान्तमा दरिइसकेको छ । केही समय यता बेल्ट एण्ड रोड इनिसिएटिभबाट तिब्बतले उच्च फाइदा लिइरहेको छ ।

त्यहाँका भौतिक पूर्वाधार मात्र होइन कृषि र पशुपालनका साथै ग्रामीण पर्यटन पनि नमूनारुपमा विकास भैरहेको छ ।

सन् २०१५ मा तिब्बतको मामा सीमा क्षेत्र पर्यावरण सभ्यता नमूना गाउँ स्थापना भएको थियो । त्यसपछि स्थानीय पार्टी कमिटी र सरकारको सहयोगमा ६२ वटा परिवार भएको गाउँले ४ वटा होमस्टे, ५ वटा रेस्टुराँ, ५ वटा चियाघर, ५ वटा पसल र ५ वटा जातीय विशेषतायुक्त वस्तुको बिक्रीकेन्द्र खोलिएको छ ।

हाल मामा गाउँमा खाने पानी, बिजुली, इन्टर्नेट र बाटो सबैका घरमा पुगेको छ भने बस्ने वातावरणको धेरै सुधार भएको छ र राष्ट्रिय गाउँ पर्यटन नमूना गाउँ भनेर परिचय पनि दिइएको छ।

मामा गाउँबाट दक्षिणतिर गएर लमनपा जातीय गाउँ पुग्छ । दक्षिणतिर भारतसँग र पश्चिमतिर भुटानसँग जोडिएको लमनपा जातीय गाउँ चीनको मुख्य सीमा क्षेत्र गाउँमध्येको एक हो साथै अल्पसंख्यक जाति मनपा जातीहरू बसोबास भएको मुख्य क्षेत्रमध्येको एक पनि हो ।

सन् २०१७ लमनपा विशेष गाउँ स्थापना भएको छ । अर्ध कृषि अर्ध पशु गाउँको रूपमा विकास भएको लमनपा गाउँ पठारमा रहेकोले उच्च गुणस्तरीय पठार चिया रोप्न सकिन्छ । त्यसैले पर्यटन उद्योग र चिया रोपण गाउँ आर्थिक विकासको दुई उद्योग बनेको छ ।

हाल विशेषतायुक्त वातावरणको आधारमा झनै बढी पर्यटकहरू मामा गाउँ र लमनपा गाउँमा घुम्न आएका छन् र पर्यटन उद्योगको आधारमा स्थानीय बासिन्दाले पनि नयाँ जीवन पाएका छन्।

चाइना मिडिया ग्रुपको सामग्री सम्पादनसहित

यो पनि पढ्नुस् – 

चीनमा गरिवी निवारणको चमत्कारः यसरी धनी बन्दैछन् विपन्न गाउँहरु (तस्विर सहित)

चीनमा गरिवी निवारणको चमत्कारः यसरी धनी बन्दैछन् विपन्न गाउँहरु (तस्विर सहित)

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्