पोखरामा थप २६ जनामा कोरोना संक्रमण – Janadesh Daily | ePaper

पोखरामा थप २६ जनामा कोरोना संक्रमण


पोखरा ।
गण्डकी प्रदेशमा सोमबार थप २७ जनामा कोरोना संक्रमित थपिएका छन् । कास्कीको पोखरा महानगरपालिकामा २६ र नवलपुरको मध्यबिन्दुमा १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

यो सगँ गण्डकी प्रदेशमा ४ हजार २ सय २ जनामा कोरोना संक्रमण देखिएको छ । पोखरामा सोमबार कोरोना देखिएका ४ जना महिला छन् भने २२ जना पुरुष रहेका छन् ।

पोखरा महानगरपालिका १४ का ५१ बर्षीय पुरुष फेवासिटी अस्पतालमा उपचाररत छन् भने पोखरा महानगरपालिका १४ का २२ बर्षीय पुरुष दुबईबाट र वडा नम्बर १३ का ३६ बर्षीय महिला, १९ का ५५ बर्षीय पुरुष, १० का ६४ बर्षीय पुरुष भारतबाट आएका हुन् । त्यसै गरी पोखरा
महानगरपालिका १२ का ३६ बर्षीय पुरुष पशुपन्छी तथा मत्स्य विकास निर्देशानलय, पोखरामा कार्यरत चिकित्सक हुन् । अन्य सबैजना कन्ट्याक्ट टे«सिङबाट पहिचान भएका हुने ।

यो सगँ कास्कीमा १ हजार ४९ जनामा कोरोना संक्रमण देखिएको छ भने ३ सय ९९ जना निको भएर घर फर्किएका छन् । अहिले ६ सय ३९ जना आइसोलेसनमा छन् । कास्कीमा अहिले सम्म ११ जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेशमा अहिले सम्म २ हजार ८ सय ३८ जना निको भएर घर फर्किएका छन् भने ३४ जनाको मृत्यु भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्