आज मंगलग्रह सर्वाधिक ठूलो र चम्किले देखिने, यस्तो छ रहस्य – Janadesh Daily | ePaper

आज मंगलग्रह सर्वाधिक ठूलो र चम्किले देखिने, यस्तो छ रहस्य


एजेन्सी ।

आज (मंगलबार) पृथ्वीबाट मंगल ग्रह सबैभन्दा ठूलो र चम्किलो देखिने भएको छ । मंगल, पृथ्वी र सूर्य आपसमा सीधा रेखामा हुने भएकाले पृथ्वीबाट आज मंगल ग्रह ठूलो र चम्किलो देखिने नासाले जनाएको छ ।

यी तीनवटा ग्रह १८० डिग्रीको कोणमा रहने यो दुर्लभ खगोलीय घटना भएको नासाले जनाएको छ । यसलाई टेलिस्कोपको सहयोगमा अवलोकन गर्न सकिने भए पनि राम्रोसँग हेर्न भने नजिकको खगोल विज्ञान केन्द्रमै जानुपर्ने हुन्छ।

यस्तो दुर्लभ घटना हरेक २ वर्ष (२६ महिना) मा आउने खगोलबिद्हरूको भनाई छ । हरेक २६ महिनामा पृथ्वी र मङ्गलको यो जोडी एक अर्कासँग सबैभन्दा नजिक आइपुग्छन् अनि फेरि आ-आफ्नै कक्षमा घुम्दै टाढिँदै जान्छन्।

मङ्गलवार राति त्यो खास क्षण आउने भन्दै यसलाई खगोलशास्त्रीहरूले ‘अपोजिसन’ अर्थात् आमनेसामनेको सज्ञा दिएका छन् ।

यी तीनवटै ग्रह ग्रिनविच टाइम अनुसार राति ११ बजेर २० मिनेटमा एक सीधा लाइनमा हुनेछन्। यो हप्ता एकअर्काको आमनेसामने देखिने भए पनि गत हप्ताको मङ्गलवार मङ्गल र पृथ्वी २६ महिनापछि सबैभन्दा नजिक भएका थिए।

तिनीहरू अहिले ६२ करोड ६९ लाख ५७० किलोमिटरको दूरीमा छन्। सन् २०३५ सम्म सबैभन्दा कम दूरी यहीँ नै हुनेछ।

यो भन्दा अघि सन् २०१८ मा आमनेसामने हुँदा पृथ्वी र मङ्गल जम्मा ५८ करोड किलोमिटर टाढा थिए। तर खगोल फोटोग्राफरहरूका लागि यस पटकको मङ्गलको दृष्य विशेष छ किनभने यसको अवस्थितिको उचाइ फोटो खिच्नका लागि उपयुक्त छ।

सन् २००३ मा मङ्गल पृथ्वीको सबैभन्दा नजिक आइपुगेको थियो। त्यसबेला पृथ्वी र मङ्गल ग्रहबीचको दूरी ५६ करोड किलोमिटर मात्र थियो।

आमनेसामने हुँदा यी दुई ग्रहबीचको दूरी १०० करोड किलोमिटरसम्म पनि हुन्छ जुन सन् २०१२ मा भएको थियो।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्