शोधकर्ताले गरे कोरोनाबारे अर्को डरलाग्दो खुलासा, जीवनभर हुनसक्छ यो समस्या – Janadesh Daily | ePaper

शोधकर्ताले गरे कोरोनाबारे अर्को डरलाग्दो खुलासा, जीवनभर हुनसक्छ यो समस्या


एजेन्सी ।
विश्वभर महामारी बनेको कोरोना भाइरसबारे नयाँ नयाँ तथ्य सार्वजनिक हुने क्रम जारी छ । शोधकर्ताहरुले यो भाइरसका असरबारे अर्को डरलाग्दो खुलासा गरेका छन् ।

उनीहरुका अनुसार कोरोनाले जीवनभरीका लागि श्रवण शक्ति नष्ट पारिदिन सक्छ । यसको संक्रमणले सुन्ने क्षमतालाई कम वा पूर्ण रुपमा समाप्त पारिदिन सक्छ । बेलायतमा एउटा यस्तै घटना भेटिएको दाबी युनिभर्सिटी कलेज लण्डनका अनुसन्धानकर्ताले गरेका हुन् ।

शोधकर्ताका अनुसार संक्रमणपछि स्टेरोयड औषधी दिएपछि यसको असर नकारात्मक हुनसक्छ । यो बहिरोपनको रुपमा पनि देख्ने गर्छ । यद्यपि, बिरामीको श्रवण शक्ति कसरी घट्छ, यो पूर्ण रुपमा स्पष्ट हुन सकेको छैन । थुप्रै पटक फ्लू, हर्पिजजस्ता भाइरल संक्रमणको मामिलामा यस्तो हुनेगर्छ ।

के थियो घटना
बीएमजे जर्नलमा प्रकाशित रिपोर्ट अनुसार जुन संक्रतिमा बहिरोपनको मामिला भेटियो ती दमका रोगी थिए र कोरोनाको लक्षण देखिएपछि अस्पतालमा भर्ना भएका थिए । अस्पताल भर्ना भएको १० दिनपछि उनलाई आइसीयूमा राखिएको थियो, त्यहाँ उनी ३० दिनसम्म भर्ना भए । बिस्तारै बिरामीको स्वास्थ्यमा जोखिम बढ्दै गयो ।

त्यसपछि उनलाई एन्टीभाइरल औषधी रेमडेसिविर स्टेरोइस दिइयो र रगत चढाइयो । यो उपचारपछि बिरामीले केही सहज महसुस गरे । केही दिनपछि बिरामीले दाहिने कानमा घण्टी बजेको जस्तो आवाज सुन्न थाले र अचानक यो कानले सुन्न छोडे । एकहप्ता पछि उनलाई आइसीयूमा ट्रान्सफर गरियो । बिरामीको उपचार गर्ने डाक्टरले यसअघि कुनै पनि बिरामीको सुन्ने क्षमतामा असर नपरेको बताएका छन् । शारीरिक रुपमा ती बिरामी तन्दरुस्त छन् ।

अनुसन्धानकर्ताका अनुसार बिरामीको कानको परीक्षण गर्दा त्यसमा न त कुनै अवरोध थियो न नै कान सुन्निएको थियो । यो घटनापछि बिरामीको थुप्रै परीक्षण गरियो । यसमा फ्लू, रुमेटोयड अर्थराइटिस, एचआईभीको परीक्षण समावेश थियो ।

अनुसन्धानमा पाइए अनुसार बिरामीको बहिरोपनको कारण कोरोनाको संक्रमण थियो । शोधकर्ताका अनुसार सुन्ने क्षमता घट्नु र टिनिटस (कानमा आवाज गुञ्जिनु) को लक्षण पनि कोरोना र फ्लूका बिरामीमा देख्न सकिन्छ । तर यस्तो मामिला पहिले देखिएको थिएन । वैज्ञानिकका अनुसार कोरोनाले कानमो मध्ये भागलाई पनि प्रभावित पार्न सक्छ । यो भाइरसले शरीरमा यस्तो रसायन बढाउने गर्छ जुन सुन्ने क्षमतासँग जोडिएको हुन्छ । अनुसन्धानकर्ताले डाक्टरलाई आइसीयूमा कोरोनाका बिरामीसँग कुरा गर्दा उनीहरुको श्रवण शक्तिबारे पपिन कुरा गर्न सुझाएका छन् । यस्तो हुँदा उनीहरुलाई तत्काल उपचार प्रदान गर्न पनि आग्रह गरेका छन् ।

भिटामिन डीको प्रभाव खोजी हुँदै
बेलायतमा वैज्ञानिकहरूले भिटामिन ‘डी’ले कोभिड-१९ सँग लड्ने प्रतिरोधी क्षमता बढाउँछ कि भनेर जाँच्न परीक्षणमा सहभागी हुन चाहने स्वयंसेवीहरूको खोजी गरिरहेका छन्। सहभागी हुन चाहने मानिसहरूको घरमा छ महिनासम्म प्रतिदिन भिटामिन ‘डी’ सेवन गर्नको निम्ति औषधि पठाइनेछ। त्यस्ता व्यक्तिमा भिटामिन ‘डी’को कमी भएनभएको सुरुमा जाँचिनेछ। जाडो याममा मानिसहरूमा भिटामिन ‘डी’को झन् कमी हुन सक्ने भएकाले यसअघि नै यूकेका निवासीहरूलाई थप भिटामिन लिन भनिएको थियो।

२८ दिनसम्म बाँच्ने भाइरस

अस्ट्रेलियाली शोधकर्ताहरुले केहीदिन अघिमात्र भाइरस निकै जन्ड देखिएको खुलासा गरेका थिए । मोबाइल फोनको स्क्रीन वा पोलिमर नोट वा पैसाका नोटमा २० डिग्री सेल्सियसको तापक्रममा भाइरस २८ दिनसम्म जीवित रहने उनीहरुको भनाई छ । तुलनात्मक रूपमा फ्लु भाइरस उस्तै अवस्थामा १७ दिनसम्म जीवित रहन्छ।

 

यो पनि हेर्नुस्- 

रुसी कोरोना खोप नेपाल ल्याउने सम्झौता भएको हो ? यसरी बने संसारभर हेडलाइन

कोरोनाविरुद्ध खोपः कुन देशको खोप कुन चरणमा, मूल्य कति 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्