अमेरिकामा राष्ट्रपति छान्न अन्तरिक्षबाटै मतदान – Janadesh Daily | ePaper

अमेरिकामा राष्ट्रपति छान्न अन्तरिक्षबाटै मतदान


एजेन्सी ।
अमेरिकामा राष्ट्रपति चयनका लागि अन्तरिक्षबाट समेत मतदान भएको छ । अन्तरिक्षयात्री केट रुबिन्सले अन्तरिक्षबाटै राष्ट्रपति चयनका लागि लागि मतदान गरेकी हुन्।

नोभेम्बर ३ मा अमेरिकामा नयाँ राष्ट्रपति चयन गर्न निर्वाचन हुँदैछ। पृथ्वीको तल्लो कक्षमा घुमिरहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) बाट रुबिन्सले अमेरिकी राष्ट्रपति चुन्नको लागि मतदान गरेको अमेरिकी अन्तरिक्ष संस्था नासाले जनाएको छ।

अमेरिकी नागरिकले विश्वको जुनसुकै ठाउँबाट पनि मतदान गर्न पाउने व्यवस्था छ। रुबिन्सले पृथ्वीभन्दा २ सय माइलमाथि रहेको अन्तरिक्ष केन्द्रबाट मतदान गरेकी हुन्।

रुबिन्सले सन् २०१६ मा पनि अन्तरिक्षबाटै मत खसालेकी थिइन्। नासाका अनुसार त्यतिबेला पनि उनी अनुसन्धानको सिलसिलामा अन्तरिक्ष केन्द्रमै थिइन्।

रुबिन्ससहित अन्य दुई जना रुसी अन्तरिक्षयात्री ६ महिनाका लागि आईएसएसमा अनुसन्धानका लागि बसिरहेका सिएनएनले जनाएको छ।

अमेरिकाको टेक्सास राज्यले सन् १९९७ देखि अन्तरिक्षबाट पनि मत खासल्न पाइने सुविधाको व्यवस्था गरेको छ। नासाको जोनसन स्पेस सेन्टर टेक्सासकै हस्टन सहरमा अवस्थित भएकाले अधिकांश अन्तरिक्षयात्री सोही सहरमा बस्ने गर्छन्।

नोभेम्बर ३ मा हुने निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेदवार तथा पूर्व उपराष्ट्रपति जो बाइडनबीच प्रतिस्पर्धा हुँदैछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्