एष्टन भिल्लालाई हराउँदै वेष्ट ह्याम प्रिमियर लिगको पाँचौँ स्थानमा – Janadesh Daily | ePaper

एष्टन भिल्लालाई हराउँदै वेष्ट ह्याम प्रिमियर लिगको पाँचौँ स्थानमा


एजेन्सी ।

वेष्ट ह्याम इंग्लिस प्रिमियर लिग फुटबलको पाँचौँ स्थानमा पुगेको छ । लिग अन्तर्गत सोमबार राति भएको खेलमा एस्टन भिल्लालाई २–१ ले पराजित गरेर वेष्ट ह्याम पाँचौँ स्थानमा उक्लिन सफल भएको हो ।

घरेलु मैदानमा भएको खेलमा वेष्ट ह्यामका लागि खेलको दोस्रो मिनेटमै एन्जेलो ओग्बोनाले गोल गरेर सुरुवाति अग्रता दिलाए । २५ औँ मिनेटमा एस्टन भिल्लाका ज्याक ग्रिलेसले बराबरी गोल फर्काए ।

दोस्रो हाफको पहिलो मिनेट अर्थात खेलको ४६ औँ मिनेटमा ज्यारोड बोवेनले गोल गरि वेष्ट ह्यामको जित निश्चित गरेका हुन् । उनले पहिलो गोलका लागि एन्जेलोलाई सहयोग पनि गरेका थिए ।

जितपछि पाँचौँ स्थानको वेष्ट ह्यामको १० खेलबाट १७ अंक भएको छ । समान १७ अंक भएको साउथह्याम्पटन र वुल्भ्स छैटौँ र सातौँ स्थानमा झरेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्