दाङमा बजार खोल्ने निर्धारित समय हटाईयो – Janadesh Daily | ePaper

दाङमा बजार खोल्ने निर्धारित समय हटाईयो


Nepal Lockdown, Ghorahi Bazar Lockdown, Dang Nepal | Nepal, Street ...

चन्द्रप्रकाश नेपाली

घोराही । साउन कोरोना संक्रमण रोकथामका लागि भन्दै दाङमा निर्धारण गरिएको बजार खोल्ने समय हटाईएको छ ।

कोरोना संकट व्यवस्थापन समितिको आज बसेको बैठकले बजार खोल्ने निर्धारित समय हटाई सामान्यरुपमा बजार खुल्ला राख्ने निर्णय गरेको हो ।

यस अघि बेलुका ५ बजे पछि बजार बन्द हुदै आएको थियो । कोरोना संक्रमण फैलन नदिन भन्दै समितिले बेलुका ५ बजे पछि बजार बन्द गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याएको थियो ।

समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले यस अघि तोकिएको ५ बजे बजार बन्द गर्ने समय हटाउदै सामान्यरुपमा पसलहरु खुल्ला राख्ने निर्णय गरेको हो ।

तर सिनेमा हल, होटल, रेष्टुरेन्ट, सैलुन, जिम हल भने बन्द नै रहने छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्