पद हस्तान्तरण कार्यक्रम सम्पन्न – Janadesh Daily | ePaper

पद हस्तान्तरण कार्यक्रम सम्पन्न


चन्द्रप्रकाश नेपाली

घोराही । घोराही १५ भरतपुरमा रहेको गणेश समाज सुधार समितिको नयाँ कार्यसमितिलाई आज एक औपचारिक कार्यक्रम गरी पद हस्तान्तरण गरिएको छ । समितिका निर्वतमान अध्यक्ष दामोदर खनालले नवनिर्वाचित अध्यक्ष शंकर गौतमलाई गत आर्थिक बर्षसम्मको आय ब्यय बिवरण, जिन्सि विबरण र सदस्यता बिवरण सहित पद हस्तान्तरण गर्नु भएको हो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले समितिको सञ्चालन र ब्यवस्थापनमा रहेको गणेश मन्दिरलाई थप ब्यवस्थित रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् । कार्यक्रमको सहजिकरण समितिका सचिव निर्मल गौतमले गर्नु भएको थियो ।

यसैबिच गणेश मन्दिर सुधार समितिको नवनिर्वाचित कार्य समितिको पहिलो बैठकले सल्लाहकार र सदस्य मनोनयन गरेको छ । आज सम्पन्न पहिलो बैठकले समितिको सल्लाहकारमा घोराही उपमहानगरपालिकाका उपप्रमुख सिता सिग्देल न्यौपाने र वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेयलाई चयन गरेको छ ।

समितिको अध्यक्षले मनोनयन गर्न पाउने एक जना रिक्त सदस्यमा हेमराज शर्मालाई मनोनयन गरिएको समितिका सचिव निर्मल गौतमले जानकारी दिनुभयो ।

बैठकले गणेश मन्दिर हिराकिर्तन भवनलाई ब्यवस्थित रुपमा सञ्चालन गर्नका लागि बिभिन्न ५ वटा उपसमिति पनि गठन गरेको छ । जसअनुसार अर्थ संकलन उपसमितिको संयोजकमा शिशिर अधिकारी, निर्माण तथा मर्मत सम्हार उपसमितिको संयोजकमा कुमार बसन्त आचार्य, सांस्कृतिक उपसमितिको संयोजकमा भगिरथ उपाध्याय, अनुगमन उपसमितिको संयोजकमा प्रदिपकुमार अर्याल र पूजा ब्यवस्थापन उपसमितिको संयोजकमा एकान्त टोल महिला संयोजक शिवा शर्मा रहनु भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्