नेकपा प्रचण्ड–नेपाल समूहले पेरिसडाँडामा मनायो जनयुद्व दिवस (फोटोफिचर) – Janadesh Daily | ePaper

नेकपा प्रचण्ड–नेपाल समूहले पेरिसडाँडामा मनायो जनयुद्व दिवस (फोटोफिचर)


जनादेश, काठमाण्डौ । नेकपा प्रचण्ड–नेपाल समूहले एक कार्यक्रमका बीच जनयुद्ध दिवस मनाएको छ । शनिबार पार्टी कार्यालय कोटेश्वरमा एक विशेष कार्यक्रमको आयोजना गरि २६ औं गणतन्त्र दिवस मनाएको हो ।

कार्यक्रममा अध्यक्ष प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेत्री पम्फा भुसाल, रघुजी पन्त, योगेश भट्टराईलगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रममा अर्का अध्यक्ष माधव कुमार नेपाल भने सहभागी भएका थिएनन् ।सो कार्यक्रममा जनयुद्धका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा घाइते तथा अपांग तथा बेपत्ता परिवारलाई सम्मान प्रकट गरिएको थियो ।

तत्कालीन माओवादीले २०५२ सालमा गरेको तत्कालीन जनयुद्ध १० वर्षसम्म सञ्चालित भएर सो पार्टी शान्ति सम्झौता हुँदै शान्ति प्रक्रियामा आएको थियो । जनयुद्धका क्रममा करिब १७ हजारले ज्यान गुमाएका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्