च्याम्पियन्स लिगमा एथ्लेटिको मड्रिडमाथि चेल्सीको जित – Janadesh Daily | ePaper

च्याम्पियन्स लिगमा एथ्लेटिको मड्रिडमाथि चेल्सीको जित


जनादेश स्पोर्ट्स ।

चेल्सीले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा जित हाँसिल गरेको छ।

अवे मैदानमा भएको खेलमा चेल्सीले स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई १–० ले पराजित गरेको हो । भ्रमण टोली चेल्सीका लागि ६८ औँ मिनेटमा ओलिभर जिरउडले गरेको गोल नै निर्णायक बन्यो ।

जिरउडले अति उत्कृष्ट ओभरहेड किक गोलमा परिणत भएको हो। ३४ वर्षका विश्व कप विजेता जिरउडले आफू पूर्ण रुपमा फिट रहेको र अझै पनि २० वा २४ वर्षको जस्तो गरि प्रशिक्षण लिने गरेको उल्लेख गरेका छन् । दोस्रो लिग चेल्सीको मैदानमा हुनेछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्