रघुजी पन्तविरुद्ध कानुनी प्रक्रियामा जाँदै वली – Janadesh Daily | ePaper

रघुजी पन्तविरुद्ध कानुनी प्रक्रियामा जाँदै वली


काठमाडौँ ।

राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा प्रचण्ड नेपाल समूहका नेता रघुजी पन्तविरुद्ध कानुनी प्रक्रिया थाल्ने भएकी छन् । पिडौला देखाउँदै पोइला जान पाम भनेपछि प्रधानमन्त्रीले सांसद् बनाएको अभिव्यक्ति दिएका पन्तविरुद्ध वलीले मानहानी मुद्दा दायर गर्ने भएकी छन् ।

हाल दाङमा रहेकी वली मंगलबार काठमाडौंमा आएसँगै कानुनी प्रक्रियामा जाने बताइएको छ । एक कार्यक्रममा पन्तले कोमल ओलीले पार्टीको लागि योगदान नगरेको तर, पिडौला देखाउँदै पोइला जान पाम भनेपछि प्रधानमन्त्रीले सांसद् बनाएको टिप्पणी गरेका थिए । यसको विरोध गर्दै वलीले आइतबार ट्वीटमा पन्त दरिद्रसोच भएका निच व्यक्ति भएको जनाएकी थिइन् ।

यो पनि पढ्नुहोस् :

पन्तको अभिव्यक्तिप्रति वलीको आक्रोश : महिला कुनै पदमा पुग्न तपाईको जस्तो दरिद्रसोचको सिकार हुनुपर्छ

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्