नेकपामा सांसद् तान्न के के गरिँदैछ, यस्तो सम्म… – Janadesh Daily | ePaper

नेकपामा सांसद् तान्न के के गरिँदैछ, यस्तो सम्म…


जनादेश मिडिया वाच ।

दाङ क्षेत्र नम्बर ३ का सांसद हीराबहादुर केसी शुक्रबार बिहान ९ बजे नेपालगञ्ज विमानस्थलबाट काठमाडौँ ओर्लिए । काठमाडौँ विमानस्थलमा उत्रने बित्तिकै उनलाई फोन आयो र सोधियो, ‘कता हुनुहुन्छ कमरेड ?’ केसीको जवाफ थियो, ‘दाङमा छु ।’

फोनकर्ताले ‘तपाईं एयरपोर्टमै हुनुहुन्छ, हामी लिन आएका छौँ,’ भने । चिनजानकै ती फोनकर्तासँग केसी एयरपोर्ट आसपासकै एउटा होटलमा पुगे । त्यहाँ नेकपा ओली पक्षका सांसद महेश बस्नेत थिए । बस्नेतले केसीलाई ओली पक्षमा लाग्न आग्रह गरे । मन्त्री बन्नका लागि पहल गरिदिने आश्वासन पनि दिए । तर केसीले स्वीकारेनन् ।

झण्डै साढे २ घण्टा छलफलपछि बस्नेत र केसी छुट्टिए । केसीले भनेअनुसार अहिले पनि फोनमार्फत् ओली पक्षमा लाग्न उनलाई आग्रह आइरहन्छ ।

तनहुँका सांसद कृष्णकुमार श्रेष्ठलाई केही दिनअघि नेकपा अध्यक्ष पुष्पकमल दाहालले फोन गरे । आफ्नो समूहमा लागे नयाँ सरकार बनेपछि मन्त्री बनाउने र उनलाई भेट्न घरसम्म आउने प्रस्ताव दाहालको थियो । श्रेष्ठले स्वीकारेनन् ।

यी दुई घटना उदाहरण मात्रै हुन् । अहिले नेकपामा सबैभन्दा धेरै चलेको सांसदहरुको हिसाबकिताब हो ।

कान्तिपुर दैनिकबाट साभार ।

 

यो पनि हेर्नुस्- यस्तो छ अविस्वासको प्रस्ताव असफल पार्ने ओलीको योजना र प्रचण्डको काउन्टर रणनीति

कोबाट असुरक्षित छन् ओली ! किन गरिरहेका छन् आफू मारिनसक्ने कुरा ? यसो भन्छन् विज्ञ

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्