प्रचण्ड, देउवा र महन्थ चाला देखेर खगेन्द्रलाई चल्यो झ्वाँक, भन्छन्- सत्ता राजनीतिको गधा जात्रा – Janadesh Daily | ePaper

प्रचण्ड, देउवा र महन्थ चाला देखेर खगेन्द्रलाई चल्यो झ्वाँक, भन्छन्- सत्ता राजनीतिको गधा जात्रा


जनादेश सोसल मिडिया वाच ।
लेखक एवं अभियन्ता खगेन्द्र संग्रौलाले नेताहरुको चाला देखेर विरक्ति व्यक्त गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीको लुट सत्ताको साक्षी बन्न महन्थ ठाकुर पछि पछि लाग्ने र पुष्पकमल दाहाल प्रचण्ड र रामचन्द्र पौडेल ओली सरकार ढालेर नयाँ सरकार बनाउने अलाप गाउँदै हिँडेकोमा खगेन्द्रलाई झ्वाँक चलेको छ ।

उनले शेरबहादुर देउवाको मन पनि ओलीपथमकै समर्थनमा रहेकाले सत्ताराजनीतिको गधा जात्रा देखिएको टिप्पणी समेत गरेका छन् ।

खगेन्द्रले ट्विटरमा लेखेका छन्, ‘ओली सर झूट र लुटकाे प्रतिरक्षाकारी क्षेप्यास्त्र बाेकेर सत्ताराेहणकाे द्वारमा,महन्थ ठाकुर ओली सरकाे पुच्छर समातेर पछिपछि।पुष्पकमल र रामचन्द्र साेम शर्माकाे लबजमा अब हाम्राे सरकार बन्ने भाे भन्दै ट्याउँट्याउँ।देउवा सरकाे देह पीके-रामचनतिर,मन ओलीपथतिर। सत्ताराजनीतिकाे गधा-जात्रा!’

कुनै बेला मधेसविरोधी मानिने प्रधानमन्त्री केपी शर्मा ओलीसँग तराई–मधेस केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष महन्थ ठाकुरबीच निकटता बढेको छ ।

ठाकुरनिकट नेताहरु प्रधानमन्त्रीसँगको निकटता आगामी चुनाव र सत्ता सहयात्रासम्म जान सक्ने बताउँछन् ।

प्रधानमन्त्री र ठाकुरबीचको निकटता शुक्रबार नेपाली काँग्रेसले बोलाएका तीन दलको बैठकमा पनि देखियो । काँग्रेसले राखेको ओली सरकार ढाल्ने प्रस्तावमा ठाकुरले सहमति जनाएनन् ।

 

यो पनि हेर्नुस्- ओली-महन्थ मित्रता पहिल्यै सुरु भएको खुलासा, चुनावमा सहयात्रासम्मको योजना

विद्यालय बन्द गर्न सिसिएमसीको सिफारिश, प्रधानमन्त्रीले गरे लकडाउन हुन सक्ने संकेत

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्