कोभिड-१९ माथि मिलेर फिल्म बनाउँदै पाँच निर्देशक – Janadesh Daily | ePaper

कोभिड-१९ माथि मिलेर फिल्म बनाउँदै पाँच निर्देशक


कोरोना महामारी (कोभिड-१९) मा आधारित भएर बन्ने फिल्मलाई निर्देशक अनुभव सिन्हाले निर्माण गर्ने भएका छन् । फिल्मलाई सिन्हाको ब्यानर मिडियावर्क्स अन्तर्गत निर्माण गरिने भएको हो । महामारीबीचका फरक-फरक कथालाई फिल्ममा देखाइने बताइएको छ ।

फिल्मको नाम अझै तय भइसकेको छैन । फिल्मलाई निर्देशक हन्सल मेहता, सुधीर मिश्रा, केतन मेहेता र सुवास कपुरले निर्देशन गर्ने छन् । फिल्ममा फरक-फरक कथाहरु समेटिनेछन् ।

‘यो एकदमै रोचक समय हो । रोचक उपयुक्त शब्द नहोला तैपनि… । सुधीरको ड्राइभरलाई कोभिड देखिएको थियो । तर, उनले अस्पतालमा बेड पाएनन् । हामीले एउटा बेडका लागि धेरैलाई फोन घुमायौं । त्यो रात मलाई दिमागमा लाग्यो कि यो कुरा डकुमेन्ट गरेर राख्नुपर्छ,’ अनुभव सिन्हाले बलिउड हंगामालाई बताएका छन्, ‘कोभिड महामारीबीच सुधीरको बुबा बित्नुभयो । हामीले इरफान गुमायौं, अनि उसको अन्तिम सँस्कारमा पनि जान पाएनौं ।’

यस्ता कुराबाट कोभिडबारे फिल्म बनाउने सोच आएको र यो कुरा सुनाउँदा चार निर्देशकहरु फिल्म बनाउन तयार भएको सिन्हाले बताएका छन् । ‘हन्सलले निर्देशन गर्ने फिल्म कमिक र ट्रयाजिक हुनेछ,’ सिन्हाले भनेका छन्, ‘सुधीरको कथा राजनीतिसँग सम्बन्धित हुनेछ । सुवासले राजनीतिलाई फरक तरिकाले कथामा प्रस्तुत गर्नेछन् ।’

अनुभव आफैं भने डरको विषयमा कथा समेट्न खोज्दैछन् । यो फिल्म सन् २०२१ मा प्रदर्शन गर्ने भनिएको छ । सिन्हाले यसअघि ‘थप्पड’ र ‘आर्टिकल १५’ लगायतका प्रशंसित फिल्मको निर्माण निर्देशन गरेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्