घरमाथिबाट आएको ढुङ्गाले लागेर एक महिलाको मृत्यु – Janadesh Daily | ePaper

घरमाथिबाट आएको ढुङ्गाले लागेर एक महिलाको मृत्यु


चरिकोट ।

दोलखाको सिङ्गटीमा घरमाथिबाट आएको ढुङ्गाले लागेर आज एक महिलाको मृत्यु भएको छ । जिल्लाको विगु गाउँपालिका–४ सिङ्गटी निवासी ३५ वर्षीया रेणु थामीको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

घरमा नै काम गरिरहेकी थामीलाई घरमाथि पाखाबाट लडेर आएको ढुङ्गाले लागेको थियो । उद्धार गरी उपचारको लागि अस्पताल पठाउने क्रममा उनको बाटोमा नै मृत्यु भएको प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिनुभयो । पाँच सय मिटर माथिबाट आएको ढुङ्गाले लागेर थामीको टाउको खट्टामा गहिरो चोट लागेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्