घृणा गर्नेलाई अमिताभको जवाफ : तिमीहरुले तुफानको सामना गर्नुपर्नेछ – Janadesh Daily | ePaper

घृणा गर्नेलाई अमिताभको जवाफ : तिमीहरुले तुफानको सामना गर्नुपर्नेछ


काठमाडौँ ।

अभिनेता अमिताभ बच्चनका लाखौं फ्यान छन् । त्यसो त उनलाई घृणा गर्नेहरु पनि छन् । कोरोना परिक्षण पोजेटिभ देखिएपछि अमिताभ उपचारका लागि मुम्बईको नानावती अस्पतालमा भर्ना भएका छन् । पछिल्लो समय उनलाई घृणा गर्नेमध्ये केहीले त कोभिडकै कारण अमिताभ मृत्यु हुन्छ भन्ने आशयका ट्रोलसमेत बनाउन भ्याए ।

फाइल फोटो : रोयटर्स

अभिनेता बच्चनले घृणा गर्नेहरुलाई मंगलबार राति सर्पको लामो कथा जोड्दै व्यङ्ग्यात्मक शैलीमा लामो ब्लग लेखेका छन् । ‘ठोक्नु त निश्चित नै हो,’ उनले ब्लगमा लेखेका छन् । यसअघिको ब्लगमा उनले आक्रोश पोखिएको थियो । ‘कोभिडकै कारण तिम्रो ज्यान जाओस्’ भनेर आफूलाई घृणा गर्ने विरुद्ध उनले लेखेका थिए, ‘ए बेनामे, तिमीले आफ्नो बुवाको नाम लेखेनछौ । किनकि कसले तिमीलाई जन्म दियो तिमीलाई त्यो पनि थाहा छैन । कि मर्न सक्छु कि त बाँच्न सक्छु । म मरें भने कुनै सेलेब्रिटीको नाममा तिमीले यस्तो कुरा लेख्नुपर्ने छैन। ‘

‘यदि ईश्वरको कृपाले म बाँचे भने तिमीले तुफानको सामना गर्नुपर्छ । त्यो पनि मबाट मात्रै होइन, मेरा ९ करोड प्रशंसकहरुबाट आक्रामक तरिकाले,’ अभिताभले ब्लगमा लेखेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्