टी ट्वेन्टी श्रृङ्खलाको फाइनल आज, सन्दीप भन्छन्- नेपालको मनोबल उच्च – Janadesh Daily | ePaper

टी ट्वेन्टी श्रृङ्खलाको फाइनल आज, सन्दीप भन्छन्- नेपालको मनोबल उच्च


जनादेश स्पोर्ट्स।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय टी ट्वेन्टी अन्तर्राष्ट्रियको फाइनल खेल आज हुँदैछ। फाइनलमा आज नेपाल र पीएनजी भिड्दैछन्।

खेल साढे १२ बजेबाट सुरु हुनेछ। प्रतियोगितामा सहभागी टोली मलेसिया चार खेलमा तीन हार र एक जितसहित प्रतियोगिताबाट बाहिरिसकेको छ। नेपाल भने आफ्नो चारमध्ये चार खेलमै जित हासिल गर्दै फाइनलमा पुगेको हो। नेपालको मनोबल आज उच्च रहेको छ।

यसअघि पीएनजीविरुद्धकै एकदिवसीय श्रृङ्खलामा लज्जास्पद हार व्यहोरेको नेपालले टी ट्वेन्टीसम्म आइपुग्दा ब्याटिङमा समेत सुधार गरेको छ।

पीएनजीले पनि चार खेलमा तीन हार र एक जित नै हासिल गरेको हो। यद्यपि नेट रनरेटका आधारमा पीएनजीले मलेसियालाई पछि पारेको थियो।

नेपाल आज पनि सदाझैँ सन्दीप लामिछानेको कप्तानीमा मैदानमा उत्रनेछ। पीएनजी असद भालाको कप्तानीमा हुनेछ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्