विकासको स्वर, नारायणको शब्दमा ‘नखरा कबुल’ सार्वजनिक ( भिडियो ) – Janadesh Daily | ePaper

विकासको स्वर, नारायणको शब्दमा ‘नखरा कबुल’ सार्वजनिक ( भिडियो )


काठमाडौं । कवाली शैलीको ‘नखरा कबुल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा स्वर उड्डयन क्षेत्रका सफल व्यवसायी एवम गायक विकास राणाको रहेको छ।

गीतमा शब्द नारायण नेपालको रहेको छ भने शशि बिक्रम थापाको संगीत रहेको छ। यस गीतलाई विनोद भुजेलले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा नायिका वर्षा सिवाकोटी र नायक पुष्प खड्का फिचर्ड छन्। बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्।

निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो गायक राणाको युट्युब च्यानल ‘विकास राणा अफिसिएल’ मार्फत सार्वजनिक भएको हो। यसअघि गायक राणाको स्वरमा समावेश ‘प्रेमको परिभाषा’, ‘गालाको तिलैमा’, ‘तीनपाने’, ‘मुसुक्कै हास्यौ’, ‘शैलुङ’ बोलका गीतहरु सार्वजनिक भएका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्