चौबिस घण्टामा देशभर थपिए ४८४ जना कोरोना संक्रमित – Janadesh Daily | ePaper

चौबिस घण्टामा देशभर थपिए ४८४ जना कोरोना संक्रमित


काठमाडौँ,

पछिल्लो चौविस घण्टामा देशभर थप ४८४ जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका ३७ वटा प्रयोगशालामा १० हजार ४८१ वटा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ४८४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ४८४जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ। आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६ सय १३ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या १६ हजार ७ सय २८ पुगेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्