कोलम्बियामा सशस्त्र आक्रमणमा ९ जनाको मृत्यु – Janadesh Daily | ePaper

कोलम्बियामा सशस्त्र आक्रमणमा ९ जनाको मृत्यु


नारिनो ।

 पश्चिमी कोलम्बियामा भएको एक सशस्त्र आक्रमणमा परी कम्तीमा नौ जनाको ज्यान गएको छ । नारिनो प्रान्तका प्रान्तीय गभर्नरले सो कुराको जानकारी दिनुभएको छ । गभर्नर जोन रोजाले पश्चिमी कोलम्बियाको सामानिगो नगरपालिकामा नयाँ हिंसाको सो रुप देखिएको बताउनुभयो ।

उहाँले आफ्नो ट्वीटर अकाउन्टमा भन्नुभएको छ कोलम्बियाको सामानिगो नगरपालिकामा भएको पछिल्लो पटक आइतबार भएको हिंसात्मक आक्रमणमा परी कम्तीमा नौ जनाको ज्यान गएको छ र अरु केही व्यक्ति घाइते भएका छन् ।

उहाँले गएको दुई महिना यता त्यहाँ यस्तै हमला भएका र त्यसमा परी कम्तीमा पनि २० जनाको ज्यान गएको छ । उहाँले सो क्षेत्रमा हिंसा मच्चाउने सशस्त्र समूहहरुको उपस्थिति रहेकोले त्यहाँ हिंसा जारी रहेको भन्दै आवश्यक कारबाहीका लागि कडा कदम उठाउन प्रहरीलाई भनिएको पनि बताउनुभयो ।

तर सो क्षेत्रमा कुन समूह र के उद्देश्यले त्यहाँ उपस्थित भएका हुन् र किन हिंसा मच्चाइरहेका छन् भन्ने बारेमा भने उहाँले केही बताउनुभएको छैन ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्