रहेनन् ‘सिआईडी’ का इन्स्पेक्टर फ्रेडिक्स – Janadesh Daily | ePaper

रहेनन् ‘सिआईडी’ का इन्स्पेक्टर फ्रेडिक्स


एजेन्सी । ‘सीआईडी’का चर्चित अभिनेता दिनेश फडनीस अका अफिसर फ्रेडरिक्सको निधन भएको छ ।

सोनी टिभीको लोकप्रिय क्राइम शो ‘सीआईडी’ को चर्चित पात्र निभाएका दिनेशको सोमबार राति १२:०८ बजे कान्दिवलीको थुंगा अस्पतालमा निधन भएको हो ।

दिनेश फडणीसको मल्टिपल अर्गन फेलियरका कारण निधन भएको एविपी न्यूजले लेखेको छ । ५७ वर्षको उमेरमा निधन भएका दिनेश धेरै समय देखि कलेजो, मुटु र मृगौलाको समस्याबाट पीडित रहेका थिए।

दिनेश नोभेम्बर ३० मा कान्दिवलीको थुंगा अस्पतालमा भर्ना भएका थिए । उनको अन्तिम संस्कार बोरिवलीको दौलत नगर श्मशान स्थलमा गरिने छ ।

बीस वर्षभन्दा बढी समयसम्म, दिनेश फ्रेडरिक्स उर्फ ​​फ्रेडीको रूपमा ‘सीआईडी’को हिस्सा थिए। ‘सीआईडी’मा कामको साथसाथै, दिनेशले हिट टिभी शो ‘तारक मेहता का उल्टा चश्मा’ मा पनि छोटो उपस्थिति देखाएका थिए । उनले ‘सरफरोश’ र ‘सुपर ३०’ लगायतका फिल्महरूमा पनि सपोर्टिङ पार्टमा खेलेका थिए।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्