शेयर बजारमा देखिएन निषेधाज्ञाको असर, नेप्सेमा दोहोरो अङ्कको वृद्धि – Janadesh Daily | ePaper

शेयर बजारमा देखिएन निषेधाज्ञाको असर, नेप्सेमा दोहोरो अङ्कको वृद्धि


काठमाडौँ,

कोरोनाको सङ्क्रमण फैलिएपछि सरकारले काठमाडौँ उपत्यकालगायत क्षेत्रमा निषेधाज्ञा जारी हुँदा दैनिक जीवन कष्टकर भएपनि धितोपत्र बजारमा भने नकारात्मक असर परेको देखिएन ।

अधिकांश लगानीकर्ताले विद्युतीय माध्यमबाटै शेयर कारोबार गरेका कारण धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै १३ अङ्कले बढेको नेप्सेले जनाएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १२.७७ बिन्दुले बढेर एक हजार ४१०.३४ मा पुगेको छ । यस्तै कारोबार पनि आज रु. एक अर्ब माथि भएको छ ।

कूल १८४ कम्पनीको २४ लाख ९८ हजार ६६२ कित्ता शेयर रु एक अर्ब १० करोड ८० लाख ५३ हजार ५९७ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने आठ उपसमूहको शेयर भने उकालो लागेको छ । व्यापार २.५६, जलविद्युत् १.३८ र सामूहिक लगानी कोष ०.०३ ले घटेको छ ।

यस्तै बैंकिङ ४.८, होटल २३.९४, विकास बैंक ७.९३, वित्त ६.०३, निर्जीवन बीमा २३३.२२, उत्पादन ८८.२३, अन्य ४.१४, लघुवित्त २३.६१ र जीवन बीमा १७३.८४ ले वृद्धि भएको छ ।

कारोबारका आधारमा आज नेको इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १४ करोड ६४ लाख तीन हजार ८१९ बराबरको कारोबार भइ शीर्ष स्थानमा रह्यो । यस्तै, शिवम् सिमेन्ट रु सात करोड १९ लाख ८७ हजार ३८१, नेपाल पुनरबीमा कम्पनी रु ६ करोड ६८ लाख ११ हजार ३३०, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु ५ करोड ७४ लाख ५६ लाख ८५, प्रभु इन्स्योरेन्स कम्पनी रु चार करोड २४ लाख ९७ हजार ५५१ र नेपाल इन्स्योरेन्स कम्पनी रु तीन करोड ५३ लाख ३९ हजार १४ बराबरको कारोबार भइ शीर्ष स्थानमा रहेका छन् ।

स्टकका अनुसार समृद्धि फाइनान्स ९.७७, नेको इन्स्योरेन्स ७.२४, तारागाउँ रिजेन्सी होटल ६.५०, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयरधनीले ६.३७ प्रतिशतले कमाए । पञ्चकन्या माइ हाइड्रो पावर ३.७०, यूनियन हाइड्रोपावर ३.२८, साधना लघुवित्त २.७२, साञ्जेन जलविद्युत कम्पनी २.१९ र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले २.०४ प्रतिशतले गुमाए । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्