जनादेश, विकास विशेष ।
नेपाल-चीन सीमापार हिमलायन रेल मार्ग निर्माणका लागि चीन तर्फको प्राम्भिक सर्वे सम्पन्न भएको जानकारी चिनियाँ अधिकारीहरुले दिएका छन् ।
केरुङ–काठमाडौं रेलमार्ग निर्माण आयोजना अन्तर्गत चीनतर्फको भौगर्भिक सर्भेको प्रारम्भिक अध्ययन सकिएको जानकारी दिइएपनि यसको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।
रेल निर्माणको सम्भावनाका लागि थप अध्ययन आवश्यक रहेको जानकारी चीनको चाइना ग्लोबल टेलिभिजन नेटवर्कका पत्रकार शन शिवेइले ट्वीटरमार्फत जानकारी दिएका छन् ।
Preliminary geographic survey on #China #Nepal railway Chinese section completed. Technical team exchanged information and more surveys needed.
Railway to the Himalayas.🇨🇳🚞🇳🇵 pic.twitter.com/ZBwgK4qXan— Shen Shiwei沈诗伟 (@shen_shiwei) September 21, 2020
चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा सीमा वारपार रेलमार्गको सम्भाव्यता अध्ययनको समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
हिमाली भेग भएका कारण यो रेल परियोजनालाई कठीन मानिएको छ ।
सहमति अनुसार चीनले आफ्नो खर्चमा म्यापिङ सर्वे, भौगर्भिक अध्ययनसहित विस्तृत सम्भाव्यता अध्ययन गर्नेछ भने नेपालले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)का साथै चिनियाँ टोलीलाई सुरक्षालगायतका सहयोग उपलब्ध गराउने प्रावधान तय गरिएको छ ।
केरुङ–काठमाडौं विद्युतीय रेलको अनुमानित दूरी ७०–७२ किमी हुनेछ । चिनियाँ टोलीले विद्युतीय रेलमार्गका लागि रु.२ खर्ब ८० अर्ब लागत अनुमान गरेको छ ।
यो रेल मार्ग निर्माण भएमा यसको लगानी कुन मोडालिटीमा गरिने छ भन्ने तय गरेको छैन । नेपालले बेल्ट एण्ड रोड परियोजना अन्तर्गत चीनले अनुदानमा रेल बनाइदिनुपर्ने मनसाय व्यक्त गर्दै आएको छ ।
चिनियाँ रेलमार्गमार्फत विश्व व्यापार प्रणालीमा जोडिंदा लागत र समय घटेर नेपालको प्रतिस्पर्धी क्षमता बढ्ने विज्ञहरुको भनाई छ । रेलमार्गले सामान ढुवानी खर्च सस्तो तुल्याउँछ ।
करीब ९०० किमी टाढाको कोलकाता बन्दरगाहबाट ट्रक वा लरीबाट सामान ल्याउन, लैजानभन्दा ३५०० किमी टाढाको सांघाई बन्दरगाहसम्म रेलबाट सामान बोक्दा सस्तो पर्ने अनुमान छ । अन्तर्राष्ट्रिय व्यापारमा रेललाई पानीजहाजपछिको सस्तो ढुवानी माध्यम मानिन्छ ।
यो पनि हेर्नुस्-