साउथ चाइना सीमामा अमेरिकी रबैयाः नियमवपरित कोड बदलेर जासुसी विमान – Janadesh Daily | ePaper

साउथ चाइना सीमामा अमेरिकी रबैयाः नियमवपरित कोड बदलेर जासुसी विमान


एजेन्सी ।

चीनले साउथ चाइना सीमा उडिरहेको एक अमेरिकी जासुसी विमानले परिचय बदलेर गतिविधि गर्न खोजेको बताएको छ ।

अमेरिकी जासुसी विमानले फिलिपिन्सको विमानजस्तो देखिनेगरी आफ्नो हेक्स कोड परिवर्तन गरेको चीनको भनाई छ । बेइजिङस्थित साउथ चाइना सी स्ट्रटेजिक सिचुएसन प्रोबिङ इनिसियटिभ र एयरक्राफ्ट स्पट्स नामक संस्थाका अनुसार सो विमानले उडानका क्रममा हेक्स कोड परिवर्तन गरेको हो।

इन्टरनेसनल सिभिल एभियसन अर्गजनाइजेसनले सबै विमानलाई परिचयका रुपमा बदल्न नपाउने गरी हेक्स कोड दिने गर्छ। तर, अमेरिकी जासुसी विमानले चिनियाँ जलक्षेत्रनजिक पुगेर फिलिपिन्सको विमानलाई दिइएको हेक्स कोड देखाएको थियो।

चिनियाँ विदेश मन्त्रलयका अनुसार अमेरिकी सेनाले यो वर्ष एक सय पटक भन्दा बढी यस्तो चाल चलिसकेको छ।

अमेरिकाले भने यस्तो आरोप खण्डन गर्दै आएको छ ।

यो पनि हेर्नुस्- 

अमेरिकालाई चीनको चेतावनीः अनर्गल प्रचारले सम्बन्ध समाप्त हुन सक्छ

चीनबारे अनर्गल प्रचार नगर्न भारतीय मिडियालाई बेइजिङको चेतावनी 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्