प्रहरीद्वारा भिटेनलाई कारबाही गर्न साइबर ब्युरोलाई पत्र – Janadesh Daily | ePaper

प्रहरीद्वारा भिटेनलाई कारबाही गर्न साइबर ब्युरोलाई पत्र


जनादेश, काठमाडौँ ।

र्‍यापर समीर घिसिङ भिटेनलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई पत्र लेखेको छ । केही साताअघि मात्र भिटेनले युट्युबमा ‘पारा’ नामक नयाँ गीत सार्वजनिक गरेका थिए ।

उक्त र्‍याप गीतमाआपत्तिजनक शब्द प्रयोग भएका कारण कारवाही गर्न साइबर ब्युरो भोटाहिटीलाई पत्र लेखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । भिटेनलाई यसअघि प्रहरीमाथि र्दुव्यवहार गरेको आरोपमा महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो।

सो क्रममा प्रहरीले भिटेनलाई उक्त गीत भिडियो नै डिलिट गर्न लगाएको थियो । केही साता अघि मात्र सार्वजनिक भएको र्‍याप भिडियोमा समेत प्रहरीप्रती आपत्तिजनक शब्द प्रयोग भएका कारण कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ । भिटेनको उक्त र्‍याप भिडियो अहिले नेपालको युट्युबमा टेन्ड्रिङको पहिलो नम्बरमा छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्