अभिनेता भुवन केसी, अभिनेत्री स्वेता खड्का र कलाकार रविन्द्र खड्का नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले तीनैजनालाई पार्टी प्रवेश गराएका हुन्। उनीहरूसँगै कार्यक्रममा कांग्रेस नेतासमेत रहेका कलाकार नीर शाह पनि बालुवाटार पुगेका थिए।