नेपालीलाई एकताबद्ध गराउन घिमिरेको अतुलनीय योगदान छः मुख्यमन्त्री पौडेल – Janadesh Daily | ePaper

नेपालीलाई एकताबद्ध गराउन घिमिरेको अतुलनीय योगदान छः मुख्यमन्त्री पौडेल


वाग्मती,

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाली साहित्यमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको अतुलनीय योगदान रहेको बताउनुभएको छ ।

घिमिरेको निधनमा आज शोक वक्तव्य जारी गर्दै मुख्यमन्त्री पौडेलले राष्ट्रकवि घिमिरेले पु¥याउनुभएको योगदान सदैव स्मरणीय रहने बताउनुभएको छ ।

मुख्यमन्त्री पौडेलले साहित्यका माध्यमले सम्पूर्ण नेपालीलाई एकताबद्ध गराउन तथा कविताका माध्यमबाट राष्ट्र र राष्ट्रियतासंँगै नेपाली मैलिकतालाई जीवन्त राख्न १०१ वर्षे जीवनकालमा घिमिरेले अतुलनीय योगदान दिनुभएको जनाउँदै उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्