मानब शरीरका लागि तुलसीका फाइदै फाइदा – Janadesh Daily | ePaper

मानब शरीरका लागि तुलसीका फाइदै फाइदा


जनादेशडेली

तुलसी प्राय सबैको घरघरमा रोपिएको देख्न सकिन्छ ।  बिशेष गरी आज हरीशयनी एकादशीको दिन तुलसी रोप्ने प्रचलन छ । सबैको घरघरमा  हिन्दु धर्ममा तुलसीको प्रयोगलाई पवित्र मानिन्छ । पुजा आजा होस्, वा व्रत हरेक पर्वमा हामी यसको प्रयोगलाई निकै महत्वपूर्ण मानिन्छ । यसको प्रयोग स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ ।

तुलसीको सफा पातलाई पिँधेर प्राप्त हुने रस ५–१० मिलि मा मह मिसाएर दिनको २ देखि ३ पटक सेवन गर्दा सर्दी, खोकी, रुघा, निमोनिया, दम आदिमा प्रभावकारी हुन्छ ।

बच्चाहरूको साधारण पेटदुखाइमा, अजीर्ण, अरुचि रोगमा तुलसीको पातको रस र अदुवाको रस मिसाएर दिँदा फाइदा हुन्छ ।

मधुमेह तथा पिसाबसम्बन्धी रोगमा तुलसीको बीजलाई पिँधेर तयार गरिएको लेदोलाई १–३ ग्रामसम्म दिनमा दुईपटक सेवन गर्दा पनि फाइदा गर्छ ।

विषम ज्वर वा अन्य रुघाखोकीमा तुलसीको पात चपाएर सेवन गर्दा फाइदा हुन्छ । केही रोग नभएको अवस्थामा पनि तुलसीको ३–४ वटा पात चपाएर दिनमा २–३ पटकसम्म त्यसै वा तातोपानीसँग पनि सेवन गर्न सकिन्छ । जसले साधारण रुघाखोकी हुनबाट जोगाउँछ ।

किटाणुनाशक शक्ति भएका कारण तुलसीको पातको लेदो बनाई जीर्ण घाउमा, सुन्निएको तथा दुखेको ठाउँमा लेपको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

तुलसीको पातलाई धूलो पाउडर बनाई नरिवलको तेलमा मिलाएर लगाउनाले कपाल झर्ने समस्याबाट मुक्ति मिल्नुका साथै कपाल स्वस्थ रहन मद्दत मिल्छ । तुलसीलाई शरीरको कुनै भागमा राखेर हिँड्दा कार्य शुभ हुने विश्वास गरिन्छ । यसको प्रयोगलो मानव जातिलाई फाइदै फाइदा पुगेकोछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्