मेसी म्यानचेस्टर सिटी जाने पक्का – Janadesh Daily | ePaper

मेसी म्यानचेस्टर सिटी जाने पक्का


एजेन्सी ।

अर्जेन्टिनी सुपरस्टार लियोनल मेसी म्यानचेस्टर सिटी जाने पक्का भएको केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

मेसीको रोजाइमा इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर सिटी परेको उल्लेख गरिएको छ । फ्रान्सेली पत्रिका एल इक्वीपका अनुसार मेसीको बुवा जर्जले उक्त कुराको खुलासा गरेको बताइएको छ । फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन पीएसजीले मेसीलाई क्लबमा भित्र्याउन चासो देखाउँदा उक्त कुराको खुलासा भएको जनाएको छ ।

पीएसजीका स्पोर्टिङ डाइरेक्टर लियोनार्दोले मेसीको विषयमा सम्पर्क गर्नेक्रममा मेसीको म्यानेजरसमेत रहेका मेसीका पिताले मेसी सिटी जाने पक्का भइसकेको बताएका हुन् ।बार्सिलोनासँगको सम्झौता अझै एक वर्ष बाँकी रहेको अवस्थामा मेसीले यसै हप्ता क्लब छाड्ने निर्णय गरेका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्