बेलको विषयमा गिग्स र जिदानबीच छलफल छैन – Janadesh Daily | ePaper

बेलको विषयमा गिग्स र जिदानबीच छलफल छैन


एजेन्सी।

विंगर ग्यारेथ बेलका विषयमा रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानसँग कुराकानी नभएको वेल्सको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक रायन गिग्सले बताएका छन् ।

गिग्सले बेललाई सेप्टेम्बरमा फिनल्यान्ड र बुल्गेरियाविरुद्धमा हुने नेसनल लिगका लागि वेल्स टोलीमा डाकेका छन् । बेल वेल्सका लागि नियमित रुपमा पहिलो रोजाइमा खेल्दै आएका छन् । उनी टोलीका मुख्य फरवार्डका रुपमा समेत रहेका छन् ।

‘जिदानसँग मेरो कुरा भएको छैन । मेरो फ्रेन्च र स्पेनिस त्यत्ति राम्रो छैन । त्यो पनि एउटा कारण हो । अर्को मलाई थाहा छ, जिदानको इंग्लिस पनि त्यति राम्रो छैन,’ गिग्सले भने, ‘ मैले बेलको अवस्थाका बारेमा हेरिरहेको छु । तर बेलसँग मेरो छलफल राष्ट्रिय टोलीको क्याम्पको विषयमा मात्र हुने हो ।’

टोटेनह्यामका पूर्व स्टार बेललाई जिदानले गत सिजन खासै मौका दिएनन् । त्यसका बावजुद पनि रियलले ला लिगा जितेको थियो । जिदानसँग राम्रो सम्बन्ध नभएका कारण बेलले क्लब छाड्ने सम्भावना रहेको पनि अनुमान गरिएको छ । जनवरीमा बेलले क्लब छाड्न चाहेपनि जिदानले अन्तिम समयमा उनको चीन यात्रा रोकेका थिए ।

रियलले सोमबारबाट प्रि सिजन तयारी सुरु गर्दैछ । त्यसमा बेलसहित अन्तर्राष्ट्रिय खेलका लागि राष्ट्रिय टोलीमा डाकिएका खेलाडी रियलको प्रशिक्षणमा अहिले सामेल हुने छैनन् । जिदानले यस सिजन पनि बेललाई आफ्नो योजनामा नराख्ने सम्भावना छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्