चिनियाँ राष्ट्रपतिको पाकिस्तान भ्रमण स्थगित – Janadesh Daily | ePaper

चिनियाँ राष्ट्रपतिको पाकिस्तान भ्रमण स्थगित


रावलपिण्डी ।

चीनका राष्ट्रपति सि चिनफिङको पाकिस्तान भ्रमण तत्कालका लागि स्थगित भएको छ । कोरोनाभाइरसको महामारीबाट सृजित कठिन परिस्थितिका कारण उहाँको भ्रमण हाललाई स्थगित भएको पाकिस्तानका लागि चिनियाँ राजदूत याओ जिङ्ले जानकारी दिनुभयो ।

उहाँका अनुसार पाकिस्तान र चीन दुवै देशका कुटनीतिक अधिकारीहरुले उहाँको भ्रमणको नयाँ मितिका बारेमा छलफल गरिरहेका छन् र भ्रमण तालिका चाडै नै सार्वजनिक गर्नेछन् ।

पाकिस्तानको गिजा महलमा भएको पत्रकार सम्मेलनमा उहाँले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको निमन्त्रणामा चिनियाँ राष्ट्रपति चिनफिङ पाकिस्तान भ्रमणमा आउने तयारी भएको जानकारी दिनुभयो ।

चीनका र भारतका बीचमा सिमा विवाद भइरहेका बेला उहाँको भ्रमण तय भएको र दुई देशको विवाद कायमै रहेका बेला विवादमा मुछिएको एउटा देशका प्रमुख अर्को तेस्रो देशको भ्रमणमा जान लागेको विषयलाई चासोका साथ हेरिएको छ ।रासस/एएनआई

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्