भाइरस भयावहः विश्वमा २ करोड ७६ लाख ७२ हजार संक्रमित, ८ लाख ७८ हजारको मृत्यु – Janadesh Daily | ePaper

भाइरस भयावहः विश्वमा २ करोड ७६ लाख ७२ हजार संक्रमित, ८ लाख ७८ हजारको मृत्यु


१ करोड ८७ लाख ९ हजार भन्दा बढी निको

एजेन्सी ।
विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७६ लाख ७२ हजार भन्दा बढी पुगेको छ । गत चौबीस घण्टामा संसारमा २ लाख ८९ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै चौबीस घण्टामा थप ५ हजार ५ सय ५१ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । संसारमा अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ लाख ७८ हजार भन्दा बढी पुगेको वर्ल्डोमिटरको तथ्याङ्कले देखाएको छ ।

कुन देशमा कति ?

संसारमा अहिलेसम्म सर्वाधिक संक्रमित रहेको अमेरिकामा चौबीस घण्टामा ५१ हजार भन्दा बढी संक्रमित थपिएर ६३ लाख ८६ हजार जना संक्रमित पुगेका छन् ।

त्यहाँ मृत्यु हुनेको संख्या १ लाख ९२ हजार भन्दा बढी पुगेको छ । हिजोमात्र त्यहाँ ९ सय भन्दा बढीले ज्यान गुमाएका छन् ।

त्यस्तै दोश्रो स्थानमा रहेको ब्राजिलमा ४० लाख ९१ हजार भन्दा बढी संक्रमित पुगेका छन् । त्यहाँ चौबीस घण्टामा ४५ हजार भन्दा बढी संक्रमित थपिएका छन् ।

संसारमा तेश्रो सर्वाधिक संक्रमित रहेको भारतमा चौबीस घण्टामै ८७ हजार संक्रमित थपिएका छन् । जुन् एकदिनमा भेटिने संक्रमितको अहिलेसम्मकै सर्वाधिकको रेकर्ड हो ।भारतमा लगातार चौथो दिन ८३ हजार भन्दा बढी संक्रमित भेटिएका छन् ।

संसारमा कोरोना निको हुनेको संख्या १ करोड ८८ लाख ७९ हजार भन्दा बढी छ । अहिले संसारमा ७० लाख १४ हजार सक्रिय संक्रमित छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्