कोरोना भाइरस नेपाल: थप ११८ जनामा कोभिड-१९ पुष्टि – Janadesh Daily | ePaper

कोरोना भाइरस नेपाल: थप ११८ जनामा कोभिड-१९ पुष्टि


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा विगत २४ घण्टामा थप ११८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

यो वृद्धिसँगै शुक्रवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १६६४९ पुगेको छ।

तीमध्ये ८,०११ जना निको भएका छन् भने ३५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १२० जना भाइरसमुक्त गएर घर फर्किएका छन्।

  • नेपालका बालबालिकामा कोरोनाभाइरसको सङ्क्रमण बढ्दो
    काठमाण्डू उपत्यकामा ुतीन वर्गका सङ्क्रमितु, कोरोनाभाइरस समुदायमा नफैलिएको दाबी

    अहिले देशभरि आइसोलेशनमा ८,६०३ जना छन्। उनीहरू सक्रिय सङ्क्रमित हुन्।

    बिहीवार १०८ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको थियो। गत असार १९ गते सर्वाधिक ७४० जनामा सङ्क्रमण पुष्टि भएको थियो।

शुक्रवार पुष्टि भएका सङ्क्रमितहरू काठमाण्डूसहित विभिन्न जिल्लाका हुन्।

कोरोनाभाइरस ब्यानर

छ जिल्ला सङ्क्रमणमुक्त

धनकुटा, भोजपुर, सोलुखुम्बु, मनाङ, मुस्ताङ र हुम्ला जिल्ला सङ्क्रमणमुक्ता भएको डा. गौतमले बताए।

त्यस्तै छ जिल्लामा भने ५०० भन्दा बढी उपचाररत कोभिड-१९ का बिरामी रहेका छन्। ती छ जिल्लाहरू महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरा रहेका छा्।

शुक्रवार सङ्क्रमितमध्ये सबैभन्दा धेरै वागमती प्रदेशमा ५१ जना रहेका छन्।

अरू तथ्याङ्क के छ ?

विगत २४ घण्टामा पीसीआर विधिबाट ४,८०६ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।

यससँगै अहिलेसम्म पीसीआर विधिबाट भएका परीक्षणको सङ्ख्या २,७५,९५१ पुगेको छ।

सरकारले आरडीटी भने प्रयोग गर्न छोडेकोछ ।

बिहीवार पुष्टि भएका सङ्क्रमितमध्ये सुर्खेतका १८, बझाङका १६, कैलालीका आठ र काठमाण्डूका ५ जना छन्।

अहिले देशभरि क्वारन्टीनमा २३,९१० व्यक्ति छन्।

अहिलेसम्म कोरोनाभाइरसबाट प्रदेश नं २, ५ र कर्णाली प्रदेशमा सर्वाधिक सङ्ख्यामा मानिसहरू सङ्क्रमित भएका छन्।

स्रोतः बिबिसी नेपाली

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्