छिमेकी भारतः ४९ लाख संक्रमित, ८० हजारको मृत्यु – Janadesh Daily | ePaper

छिमेकी भारतः ४९ लाख संक्रमित, ८० हजारको मृत्यु


एजेन्सी ।
विश्वमा कोरोना संक्रमित र मृत्यु हुनेको दैनिक दरमा भारतको आग्रता कायमै छ । गत चौबीस घण्टामा त्यहाँ ८० हजार बिरामी थपिएका छन् । योसँगै भारतमा कुल संक्रमितको संख्या ४९ लाख ३६ हजार पुगेको छ ।

त्यहाँ चौबीस घण्टामा १ हजार भन्दा बढीले ज्यान गुमाएका छन् । र मृत्यु हुनेको कुल संख्या ८० हजार ८ सय पुगेको छ ।

भारतमा विगत २ सातायता निरन्तर संसारमै सर्वाधिक संक्रमितको संख्यामा रेकर्ड कायम भैरहेको छ ।

सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा गत चौबीस घण्टामा ३७ हजार संक्रमित थपिँदा भारतमा त्यसको दुई गुना भन्दा बढी अर्थात् ८० हजार थपिएका छन् । तेश्रो स्थानमा रहेको ब्राजिलमा १९ हजार बिरामी थपिएका । भारतको संख्या यसको तुलनामा झण्डै ४ गुनाले बढी छ ।

भारत अमेरिका पछि विश्वमै सर्वाधिक कोरोना संक्रमित भएको मुलुक हो । तर संक्रमित थपिने दरमा भने भारत विश्वमै पहिलो स्थानमा कायम छ ।

भारतको महाराष्ट्र प्रदेश सबभन्दा बढी आक्रान्त बनेको छ। त्यस्तै तीन दक्षिणी राज्यहरू आन्ध्र प्रदेश, तामिलनाडु र कर्नाटक प्रदेश बढी आक्रान्त बनेका छन्।

यो पनि हेर्नुस् – संसारभर आजसम्मः २ करोड ९४ लाख संक्रमित, ९ लाख ३२ हजारको मृत्यु 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्