प्रधानमन्त्रीद्वारा हुन्डाईको एसेम्बलिङ प्लान्ट उद्घाटन, औद्योगिक वातावरण सिर्जना गर्ने प्रतिबद्धता – Janadesh Daily | ePaper

प्रधानमन्त्रीद्वारा हुन्डाईको एसेम्बलिङ प्लान्ट उद्घाटन, औद्योगिक वातावरण सिर्जना गर्ने प्रतिबद्धता


नवलपरासी, २८ वैशाख स् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्य र निजी क्षेत्रको सहकार्यबिना देशको आर्थिक समृद्धि हुन नसक्ने जिकिर गर्नुभएको छ ।

लक्ष्मी गुप्रअन्तर्गतको लक्ष्मी मोटर अपरेशनले पश्चिम नवलपरासीको रामग्राममा हुन्डाई कम्पनीका गाडीको जडान (एसेम्बेलिङ) उद्योगको आज शुभारम्भ गर्नुहुँदै  प्रधानमन्त्री दाहालले निजी क्षेत्रको सहकार्य अनिवार्य रहेको बताउनुभएको हो ।

पछिल्लो समय देशमा आर्थिक क्षेत्रको आधारभूत सूचक परिस्कृत हुँदै गएको जिकिर गर्नुहुँदै प्रधानमन्त्री दाहालले नेपालमा बाह्य लगानी मैत्री वातावरण सिर्जना गर्न सकारात्मकरुपमा काम गरिरहेको जानकारी दिनुभयो ।

सरकार आर्थिक वर्ष ०८१र८२ को नीति तथा कार्यक्रम र बजेट तयार गरिरहेकाले उक्त बजेटमा उत्पादन, उत्पादकत्व र रोजगारीजन्य गतिविधिलाई मुख्य प्राथमिकता दिइने प्रधानमन्त्री दाहालले बताउनुभयो ।

देशमा औद्योगिक वातावरण सिर्जना गर्ने सरकारको मुख्य लक्ष्य रहेको दाबी गनुहुँदै उहाँले देश विकासमा नयाँ गति सिर्जना गर्न देशको आर्थिक समृद्धि मुख्य विषय रहेको स्पष्ट पार्नुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्