मङ्सिरमा आइसिटी अवार्ड – Janadesh Daily | ePaper

मङ्सिरमा आइसिटी अवार्ड


काठमाडौँ ।

आइसिटी अवार्ड–२०२० आगामी मङ्सिरमा हुने भएको छ । साउन महिनामा हुने अवार्ड कोभिड–१९ का कारणले मङ्सिर महिनामा गर्न लागिएको अवार्डका संयोजक राजन लम्सालले जानकारी दिनुभयो ।

लिभिङ विट आइसिटी पत्रिकाले प्रत्येक वर्ष सूचना प्रविधिका क्षेत्रमा काम गरिरहेका संस्था, व्यक्तिलाई सन् २०१६ देखि अवार्ड प्रदान गर्दै आइरहेको छ । अवार्डका लागि अहिले छनोट कार्यसमेत भइरहेको उहाँले जानकारी दिनुभयो । सूचना प्रविधिका क्षेत्रमा विभिन्न १३ विधामा अवार्ड प्रदान गरिन्छ । अवार्डका लागि अनलाइन आवेदन खुला गरेर अहिले छनोट चरण अन्तिममा पुगेको उहाँले बताउनुभयो ।

अवार्डका लागि करिब ३५० अनलाइन आवेदन फाराम भरेका थिए । स्टार्टअप आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड, उत्कृष्ट स्टार्टअप अवार्ड, पायोनियर, आन्टरप्रेनर, नेपाली डायस्पोरा, वमन आइकन, मिडिया पर्सन आइसिटी अवार्ड, डिजिटल गभर्नेन्स आइसिटी अवार्ड र डिजिटल एजुकेशन आइसिटी आइसिटी अवार्ड प्रदान गरिन्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्