हराएका बालक फेला – Janadesh Daily | ePaper

हराएका बालक फेला


तनहुँ ।

मङ्गलबार दिउँसोदेखि हराएका एक बालक आज बिहान सकुशल भेटिएका छन् । व्यास नगरपालिका–३ निवासी पवन श्रेष्ठका छ वर्षीय छोरा बिप्सन हराएकामा फेला परेका हुन् ।

अपरिचित ३० वर्षीया सविता परियारविरुद्ध बालक अपहरण मुद्दा दर्ता गरिन लागेको बालकका काका एवं अधिवक्ता त्रिभुवन श्रेष्ठले बताउनुभयो । ती महिलालाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखी प्रहरीले अनुसन्धान थालेको छ ।

ती बालक ज्याला मजदूरी गरी जीविकोपार्जन गर्दै आएकी ती महिलाको कास्की बाघमारा माइती गएको हुन सक्ने खुलेपछि प्रहरीले तदारुकता देखाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो । घरपरिवारमा कसैलाई जानकारी नगराई बालक लिएर गएकाले परिवारले दिएको जाहेरीका आधारमा मुद्दा अघि बढाइने उहाँले बताउनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्