यही वर्ष कोरोनाको खोप आउन सक्छः विश्व स्वास्थ्य संगठन – Janadesh Daily | ePaper

यही वर्ष कोरोनाको खोप आउन सक्छः विश्व स्वास्थ्य संगठन



विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले यही वर्षको अन्त्यसम्म कोरोना भाइरसविरुद्धको खोप तयार हुन सक्ने बताएको छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम गेब्रेयेससले सन् २०२० को अन्तिमसम्ममा खोप आउन सक्ने आशा रहेको बताएका हुन् । गेब्रेयेससले खोप उपलब्ध भएसँगै समान वितरणका लागि विश्वभरका नेताहरुले सद्भाव र राजनीतिक प्रतिबद्धता जनाएको पनि बताएका छन् ।
ग्रेबेयेससले कुन देशको कुन कम्पनीले खोप विकास गरेको छ र कुन समयमा आउँछ भनेर खुलाएनन् ।

कोरोनाविरुद्धको खोप निर्माणका लागि डब्ल्यूएचओले कोभ्याक्स कार्यक्रम अघि सारेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अहिलेसम्म सबैभन्दा अगाडि चिनियाँ कम्पनीले बनाएको खोप आउने सम्भावना छ ।

यस अघि रुसले कोरोना खोप सफल भैसकेको दावी गरेपनि डब्ल्यूएचओ र विश्व समुदायले मान्यता दिएको छैन ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्