आज काठमाडौंमा प्रचण्ड- नेपाल समूहको आमसभा, यी हुन् जुलुस निस्किने स्थान – Janadesh Daily | ePaper

आज काठमाडौंमा प्रचण्ड- नेपाल समूहको आमसभा, यी हुन् जुलुस निस्किने स्थान


जनादेश, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको पुष्पकमल दाहाल‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आज मंगलबार काठमाडौं उपत्यकामा आमसभा गर्दैछ ।

काठमाडौं–प्रतिनिधिसभा विघटनविरुद्ध सडकमा ओर्लिएको नेकपा प्रचण्ड-नेपाल पक्षले शक्ति प्रदर्शनसहित विरोध सभा गर्न लागेको हो ।

आमसभालाई प्रचण्ड, नेपालसहित झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायत विभिन्न जनवर्गीय संगठनका नेताहरुले सम्बोधन गर्नेछन् ।

आमसभामा शीर्ष नेताहरुले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको विषयमा स्पष्ट पार्ने नेकपा प्रचण्ड-नेपाल पक्षले जानकारी दिएको छ ।

सभामा काठमाडौं उपत्यकासहित छिमेकी जिल्लाबाट समेत नेता–कार्यकता सहभागी हुने अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले जनादेशलाई बताए । उपत्यका विभिन्न स्थानबाट जुलुस दिउँसो १२ बजे भृकुटीमण्डपमा पुगी आमसभामा परिणत हुने जनाइएको छ।

कहाँ कहाँ निस्किने छ जुलुस्

प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा बनेको दुई हजार ५०१ सदस्यीय सङ्घर्ष समितिले मुलुकभरको प्रदर्शनको संयोजन गरेको छ । दाहाल-नेपाल समूहले काठमाडौँ उपत्यकामा मात्रै ५० हजार कार्यकर्ता उतार्ने तयारी स्वरूप टेकु, नयाँ बानेश्वर, मैतीदेवी, नक्साल, लैनचौर, कुलेश्वर, रत्नपार्क, बागबजार, कुपण्डोललगायत स्थानबाट जुलूस केन्द्रीय नेताहरूकै नेतृत्वमा जुलुस निकाल्दै छ।

टेकु र कीर्तिपुरबाट निस्कने जुलुसमा सीतापाइला, थानकोट, धादिङ र मकवानपुरबाट आउनेहरु सहभागी हुने छन् । यस्तै नयाँ बानेश्वरबाट आउने जुलुसमा भक्तपुर, काभ्रे, रामेछाप र दोलखाबाट आउने सहभागी हुने छन् ।

मैतिदेवीबाट निस्कने जुलुसमा साँखुबाट आउने सहभागी हुने छन् । लैनचौर, बालाजुबाट निस्कने अर्को जुलुसमा बुढानीलकण्ठ, नुवाकोट, रसुवा, टोखा र नगरकोटलगायत क्षेत्रबाट आउनेहरु सहभागी हुने छन् ।

विद्यार्थी र युवा बागबजार, त्रिचन्द्र कलेजबाट जुलुस निकालेर भृकुटीमण्डप पुग्ने छन् । आमसभामा सहभागी हुन नेताहरु उपत्यकाका छिमेकी जिल्लामा परिचालन गरिएको जनाइएको छ ।

प्रदर्शनी मार्गको बीच सडकमा मञ्च बनाएकाले पद्मोदय मोडबाट गाडी डाइभर्सन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यही पुस ७ देखि ९ गतेसम्म बसेको नेकपा दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पुस १४ गते प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी जनप्रदर्शन गर्ने निर्णय गरेको थियो ।

 

यो पनि हेर्नुस्- 

टेलिभिजनबाट प्रचण्डको सन्देशः ओलीले ब्याटल हारिसके, मैले जितें

चिनियाँ मिसन सफल कि असफल ! नेकपाका दुई पक्षको यस्तो सन्देश 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्