प्रचण्ड-नेपाल समूहद्वारा ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाटै निष्कासन – Janadesh Daily | ePaper

प्रचण्ड-नेपाल समूहद्वारा ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाटै निष्कासन


जनादेश, काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाटै निष्कासन गरेको छ ।

आज बसेको केन्द्रीय समितिको बैठकमा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओलीलाई पार्टीबाट निष्कासन गर्ने र पौडेललाई महासचिवबाट हटाउने प्रस्ताव पेश गरेका थिए । बैठकले सो प्रस्ताव पारित गरेसँगै महासचिव विष्णु पौडेललाई पनि पदबाट हटाइएको छ ।

यसअघि प्रचण्ड-नेपाल समूहले ओलीलाई स्पष्टीकरणका लागि माघ ५ मा तीन दिनको अल्टिमेटम दिएको थियो । तर, ओलीले स्पष्टीकरण दिएका थिएनन् । ओलीले एकलौटी निर्णय गर्दै प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई चिरामा बाँडिएको छ । हाल ओलीको असंवैधानिक कदमविरुद्ध देशभर चरणबद्ध आन्दोलन भइरहेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्