जनादेश मिडिया वाच ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई छिटो भन्दा छिटो विस्थापन गर्नुपर्नेमा जोड दिएका छन् ।
ओली परिवर्तन उल्टाएर देशलाई २०४७ सालकै अवस्थामा फर्काउने योजनामा लागेको आरोप लगाउँदै बाबुरामले ढिलो नगर्न सचेत गराएका हुन्।
ओलीको एकपछि अर्काे ‘प्रतिगमनकारी’ कदमलाई अग्रमनकारी शक्तिले बेलैमा बुझेर प्रतिवाद नगरे ठूलो क्षति हुने खतरा रहेको डा. भट्टराईको दाबी छ।
बुधबार राति सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘ओलीको निरन्तर प्रतिगमनकारी हर्कत र हठको स्रोत नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई विविध बाटो÷चरणबाट उल्टाएर देशलाई २०४७ तिरै फर्काउने गेमप्लानको अंग हो भने अग्रगमनकारी शक्तिहरूले पनि बेलैमा यसलाई बुझेर प्रतिवाद गर्न नसकेको अपजस इतिहासको कठघरामा उभिएर बेहोर्नुपर्ला है !’
ओलीको निरन्तर प्रतिगमनकारी हर्कत र हठको श्रोत नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई विविध बाटो/चरणबाट उल्टाएर देशलाई२०४७तिरै फर्काउने गेमप्लानको अंग हो भने अग्रगमनकारी शक्तिहरूले पनि बेलैमा यसलाई बुझेर प्रतिवाद गर्न नसकेको अपजस इतिहासको कठघरामा उभिएर ब्यहोर्नुपर्ला है!
— Baburam Bhattarai (@brb1954) April 14, 2021
संसदमा चौथो ठूलो दल भएपनि गणितको हिसाबले जसपाले दिने समर्थनले सरकार ढल्ने वा नढल्ने विषय निर्धारण गर्ने देखिएको छ। तर यसका नेताहरु ओली सरकार विस्थापन गर्ने कि नगर्ने भन्नेमा विभाजित छन् । बाबुराम भट्टराई र उपेन्द्र यादव ओली सरकार हटाएर अर्को सरकार बनाउने पक्षमा छन् भने महन्थ ठाकुर र राजेन्द्र महतो यही सरकारसँग सहकार्य गर्ने मनस्थितिमा छन् ।