काठमाडौंसहितका स्थानमा आजपनि हावाहुरीको सम्भावना, मौसमविद् भन्छन्- सतर्क रहनुस् – Janadesh Daily | ePaper

काठमाडौंसहितका स्थानमा आजपनि हावाहुरीको सम्भावना, मौसमविद् भन्छन्- सतर्क रहनुस्


जनादेश अपडेट ।

काठमाडौंमा बिहीबार राति एकाएक भयानक हावाहुरी चल्यो । एकाएक हावाहुरी चलेपछि जनजीवन प्रभावित हुनुका साथै विद्युत सेवा समेत अवरुद्ध बन्यो भने आज पनि त्यस्तो सम्भावना रहेको मौसमविदले बताएका छन् ।

देशको दक्षिण पश्चिमबाट वर्षा गराउने बादल विकसित भएको र उक्त प्रणाली उत्तर पूर्वतिर सर्ने क्रममा यसरी हावाहुरी चलेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार पनि काठमाडौं उपत्यकासहित देशैभर ठूलो हावाहुरीको सम्भावना रहेकाले सबैलाई सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन् । मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले जनादेशसँग कुरा गर्दै आज र भोलि दुई दिन हिजोको जस्तै अझ देशैभर हावाहुरीको सम्भावना भएको बताइन्।

‘अपराह्नपछि देशैभर ठूलो हावाहुरीको सम्भावना छ, त्यसैले बाहिरफेर हिँड्नुभएको छ वा यात्रामा हुनुहुन्छ भने सजग रहनुहोला,’ उनले भनिन्।

हिजो पनि काठमाडौं उपत्यकासहित देशभरजसै ठूलो हावाहुरी आएको थियो। वरिष्ठ मौसमविद् मानन्धरका अनुसार दिउँसो ३÷४ बजे सुरु भएको हुन्डरी राति १० बजेबाट मात्र मत्थर भएको थिो।

‘आज पनि लगभग त्यही समयमा हावाहुरी÷चट्याङको सम्भावना देखिन्छ,’ उनले भनिन्। तर सम्भावना भने अपराह्नपछि नै देखिएको उनले बताइन्। उनका अनुसार अपराह्नपछि भन्नाले कार्यालय समय हो।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्